Aamsanchar

अर्जुनधाराका साना कृषकले पाउने भए निशुल्क मल वीउ र प्राविधिक सहयोग

Author Image
मङ्गलवार, असोज २७, २०७७

पानिकल स्थित टोकन वितरण कार्यक्रममा उपस्थित स्थानिय कृषकहरु ।

अर्जुनधारा ।  बर्खेबालीमा मल लाउन नपाएर उत्पादनमा रास व्यहोर्न बाध्य बनेका कृषकलाई हिउदे बालीकालागि समयमै मल लगायतका कृषिमा प्रयोग हुने बस्तु उपलब्ध गराउने उदेश्यले  झापाको अर्जुनधारा नगरपालिका क्षेत्रका कृषकले आवश्यक विउ विजन, मलखाद तथा प्राविधिक सहयोग पाउने भएका छन् ।

कारीतास नेपाल र अभियान नेपालको साझेदारी तथा नगरपालिकाको सहर्कायमा नगर क्षेत्रका कृषकले विउ विजन,मलखाद तथा आवश्यक प्राविधिक सहयोग पाउने भएका हुन् ।

कृषकलाई तरकारीमा आत्मानिर्भर बनाउने उदेश्यका साथ नगर क्षेत्रका एक कृषक बराबर ५ हजार ५ सय रुपैंया बराबरको विउ विजन,मलखाद तथा प्राविधिक सहयोग उपलब्ध गराइने नगर प्रमुख हरिकुमार रानाले बताए ।

नगरका कृषकलाई निशुल्क विउ विजन तथा मलखादकालागि आज मङ्लबार समाजसेवि प्रावि स्थित वडानम्बर ५ बाट टोकन वितरण सुरु गरिएको हो । केहि दिन भित्रैमा नगरका ११ वटै वडामा टोकन वितरण पश्चात नगर क्षेत्रका ७ हजार ७ सय ३२ जना कृषकले यो सुविधा पाउने उपप्रमुख कमला खतिवडाले बताईन।

वडा कार्यालयले दिएको सिफारीसको आधारमा टोकन विरण गरिने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 253

प्रतिक्रिया (०)

सम्बन्धित खबर