Aamsanchar

कोरला नाकाको स्थलगत निरीक्षणका लागि दुई मन्त्री उपल्लो मुस्ताङमा

Author Image
बुधवार, असोज २८, २०७७

काठमाडौं –  परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट उपल्लो मुस्ताङको कोरला नाकाको स्थलगत निरीक्षणका लागि कोरला पुगेका छन्। काठमाडौबाट दुवै जना हेलिकोप्टर मार्फत नाकामा पुगेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले जानकारी दिए। मन्त्री सँगै परराष्ट्र सचिव, उद्योग सचिव एवं जिल्लाका प्रदेश तथा संघीय सांसदहरुको उपस्थिति रहेको समेत सहायक प्रजिअ अर्यालले जानकारी दिए।

अर्यालका अनुसार मन्त्रीद्वय कोरोला नाका निरीक्षण गर्नुका साथै चीन नेपाल दुई देशीय ब्यापारिक नाकालाई कसरी प्रवर्धन र विकास गर्न सकिन्छ भन्ने वारेमा स्थलगत अध्ययन एवम् निरीक्षणका लागि मुस्ताङ आएको जानकारी दिए। कोरला नाकामा जिल्लाका सुरक्षा समिति, प्रतिनिधि सभा सांसद प्रेम तुलाचन, प्रदेश सभा सांसद इन्द्रधारा विष्ट, महेन्द्र थकाली, चन्द्रमोहन गौचनसमेत कोराला पुगेका छन्।

 

Views: 266

प्रतिक्रिया (०)

सम्बन्धित खबर