Aamsanchar

नेपालमै पहिलो एकल मुर्ती संग्रालय बनाउन रातदिन लागि पर्दै झापाका हिम्मत नेम्बाङ

Author Image
बुधवार, असोज २८, २०७७

चित्रकला र मुर्तीकलामा आफूलाई एक साधकको रुपमा जीवनलाई बेतित गराउदै गर्ने कलाकारको खोजी गर्ने हो भने झापाका हिम्मत नेम्बाङको नाम आउछ । उनी भित्रको कुशल कलाकारिताले देश विदेशमा उनलाई चिनाएको छ । फूलहरुलाई एक मालामा जोडिए झै देश भरिका कलाकाकारहरुलाई एकै ठाउँ गोलवद्ध गराउने नेपाल ललिल कला प्रज्ञा प्रतिष्ठान कलाकर्मीेहरुको प्रतिष्ठित संस्था, राष्ट्र तथा अन्तर्राष्ट्रियका विभिन्न स्थान अनि देशका विभिन्न जिल्लाका व्यवसायिक कलाकर्मीहरुमाझ नेम्बाङ परिचित छन् । सबैको प्रिय र प्रेरक व्यक्ती बन्न सफल भएका छन ।


झापा जिल्लाको कनकाई नगरपालिका–३, सुरुंगा गोहीखाडी निवासी ५० बर्षिय नेम्बाङ साहित्य क्षेत्रमा पनि आवद्ध छन् । साहित्य चौतारीमा लामो समयदेखि आवद्ध बन्दै झापाली साहित्य क्षेत्रको उत्थानको निमित्त आफ्नो समयलाई खर्च गरिरहेका छन् ।
२०६१ सालबाट व्यवसायी बन्ने योजना बनाएर झापाको सुरुंगा बजारमा सेवारो आर्ट (चित्रकला) संचालनमा गर्दै आउदा कमाएको प्रसिद्धीका कारण आज उनले जुनसुकै ठाउँ, कुना कन्दरामा व्यवसाय गरेपनि ग्राहकहरु उनलाई खोज्दै आउने पहिचान बनाई सकेका छन् । विगत ७ बर्षदेखि घरलाई नै व्यवसायिक स्थल बनाएका छन् । उनको बासस्थान सुरुंगा बजार देखि करिव दुईकिलो मिटर दक्षिण झापा रोडमा पर्छ, घाम पानीबाट ओतलाग्न बनाएको घर सामान्य जीवन शैलीमा आधारित छैन् घरबारी सबैतिर कलाकारिताले भरिपूर्ण छ । विभिन्न सृजनात्मक मुर्ती र भेटघाट गर्ने स्थल, फलैचा, फूलबारी, बगैंचालाई पनि बढो कौशलताले सजाएका छन् । त्यस ठाउँमा पुग्दा लाग्छ कुनै रमणिय स्थल रिसोर्ट, पार्क नै हो ।

कुराकानीको क्रममा नेम्बाङले भने ‘बाल्यकाल देखिनै कला क्षेत्र प्रति अभिरुची हुँदा हुँदै पनि पारिवारिक, सामाजिक चलन र ईच्छाले जागिरे बन्नु पर्ने बाध्यतामा परेपछि पढाईको लागि काठमाडौं पुगेका नेम्बाङ उतैबाट भारतीय सेनामा जागिर खान पुगे । सेनाको जागिरे जीवनमा सेनाको आन्तरिक अनुसाशन, समय संगै डिउटीमा तैनाथ हुनुपर्दा उनी भित्रको कलाकारिता गर्ने ईच्छा कुन्ठित भएपछि जागिरलाई भन्दा कलाकारितालाई अघिबढाउने सोचले छदाछदैको भारतीय सेनाको जागिरले उनको मनलाई वेचयन गराउन थालेपछि जागिर खाएको १० बर्षमा अवकास लिएर नेपाल फर्किएका नेम्बाङ आजभोली शान्त, शुन्दर ग्रामिण परिवेशमा ढुंगा, कटर, छिनो र रंग सँग रमाई रहेका छन् ।

यतीवेला नेम्बाङ आफैमात्र हैन छोरा छोरी र कला सिक्न आउनेहरुलाई रमाईलो र आनन्द दिलाई रहेका छन् । आधुनिक उपकरणहरुलाई सतप्रतिशत प्रयोगमा ल्याएका छन् । काम गर्न धेरै सजिलो र छिटो भएको उनि बताउछन् ।
आर्मीमै हुदाँ बचेको समयमा सामान्य रुपमा चित्र कोर्ने काम गर्दै जाँदा पछि आर्मीको विभागले नै नक्सा बनाउने जिम्मेवारी सुम्पिए पछि उनिभित्रको कलाकारिता उजागर भएर आएको नेम्बाङ बताउछन् । पछिल्लो समयमा चित्रकला भन्दा मुर्तीकला चै अझ महत्वपूर्ण लागेर मुर्तीकलालाई अघिबढाउने सोचलाई साकार गर्दै रातदिन मुर्ती बनाई रहेकाछन् । आज सम्म उनले कति मुर्ती बनाए भन्ने उनिसंग यकिन तथ्याङक चै छैन अनुमानित ३ हजार भन्दा धेरै मुर्तीहरु बनाई सकेको बताउछन् ।

२३ सय बर्ष अघि लिच्क्षवी कालका मुर्तीहरुको महत्व आज पनि उत्तिकै रहेको र ईतिहासको एक दस्तावेज बनेकोले उनि पनि चाहान्छन् आफूले बनाएका मुर्ती अबको सयौं बर्षमा पनि रहिरहने र त्यो संगै आफ्नो नाम पनि रहने हुँदा भविश्यका लागि आजैबाट मेहनत गरिरहेका छन् । व्यवसयिक मुर्ती बनाउने काम उनको जीवन यापनको माध्ययम हो भने देश समाजको लागि भनेर आधुनिक मुर्तीहरु बनाएर सरकारलाई हस्तान्तरण गर्ने र आफैले नेपालमै पहिलो एकल मुर्ती संग्रालय निर्माण गर्ने कार्यलाई पुरा गर्न योजना बद्ध भएर काम प्रति लागि रहेका छन् । अब उनको वृहत लक्ष भनेको आफूले देखेको सपना मुर्ती संग्रालय स्थापना गर्नु रहेको छ ।

नेपालमा व्यवसायिक रुपमा मुर्तीकलामा लाग्नेहरु औलामा गन्न सक्ने मात्रमा छन् । आजको समयमा मुर्तीकलाको मागलाई परिपुर्तीगर्न यती दक्ष जनशक्तिले धान्न सक्ने अवस्था छैन, अझ वर्तमान भन्दा भविश्यमा मुर्तीकलालाई निरन्तरता दिनको लागि जनशक्ती तयार पार्न पनि उनि उत्साहित बनेका छन् । उनले स्थानिय सरकारलाई भनेका छन् मुर्तीकोलागि चाईने ढुङा सरकारले उपलव्ध गराई दिएको खण्डमा स्थानिय सरकारले मुर्तीकार बन्न पठाएका नयाँ पुस्तालाई आफूले जानेको सिप सिकाईदिने प्रस्थाव स्थानिय सरकार समक्ष राखेको बताउछन् ।

कलाकार नेम्बाङले एउटा मुर्ती बरावर ६ लाख ५० हजार सम्म लिएको स्मरण गर्दै भन्छन्, ‘कुनै मुर्ती बनाउन महिनौ देखि बर्ष दिन भन्दा धेरै समय लाग्ने भएकाले मेहनत अनुसार पारिश्रमिक लिने गरेको छु ।’
भारतको बिहार, बंगाल, जालन्दा, दिल्ली, असाम सम्म नेम्बाङले बनाएका मुर्तीहरु पुगेको र नेपालका प्रदेश १ का प्राय सबै जिल्लामा आफ्नो सृजना स्थापना गरिएको देख्दा खुशी लाग्ने गरेको बताउदै गरेका नेम्बाङलाई  मुर्ती बनाउने सृजना परिकल्पना कसरी आउछ भन्ने जिज्ञाषामा उनले भने ‘केहि महिना अघि बसिरहेको अवस्थामा रुखबाट चराको अण्डा खस्यो खसेको अण्डा हेर्दा एक किसिमको अनौठो आकृति देखे त्यसलाई मुर्तीमा उतारेको छु यस्तो काम गर्दा बढी आनन्द मिल्छ ।’ वर्तमानलाई भविश्यमा चिनाउने त्यस्तो कलाकारिता के गर्नु भएको छ भनेर सोधिएको प्रश्नमा उनले बढो उत्साहित बन्दै भने ‘आजको समाजलाई चित्रण गराउन कोरोना महामारीले पारेको प्रभावलाई पनि मुर्तीकलामा उतारेको छु ।’ त्याहाँ पुग्ने हरुलाई  चकित पारिदिन्छ नेम्बाङको कामले । नेम्बाङको घर, बारी र बरबगैचामा राखिएका मुर्तीहरुलाई सुस्म रुपले हेदै जानु हो भने घण्टऔं लाग्छ ।

राष्ट्रिय, जिल्ला स्तरका विभिन्न दर्जनौ संघ संस्थाबाट सम्मानित भईसकेका नेम्बाङको आजको जोस, जागर, योजनालाई हेर्ने र बुझने हो भने नेम्बाङ लाखौं नागरिकका लागि प्रेरणाका श्रोत बन्न सक्छन् ।

भिडियो पनि हेर्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 7

प्रतिक्रिया (०)

सम्बन्धित खबर