Aamsanchar

पूर्व सांसद राममान श्रेष्ठको निधन

Author Image
शुक्रवार, असोज ३०, २०७७

काठमाडौं – पूर्व सांसद तथा शिक्षाध्यक्ष प्राडा राममान श्रेष्ठको निधन भएको छ। प्रोस्टेट क्यान्सरका कारण ८२ वर्षको उमेरमा श्रेष्ठको निधन भएको हो। उनले ३५ वर्ष त्रिभुवन विश्वविद्यालयमा बिताएका थिए। श्रेष्ठ २०५४ सालदेखि २०६० सालसम्म संसदको माथिल्लो सदन राष्ट्रियसभामा तत्कालीन नेकपा एमालेका तर्फबाट सांसद पनि बनेका थिए। २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा उनलाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि प्रस्ताव गरिएको थियो । मनमोहनले भेटेर नै उपकुलपति बन्न राममानलाई भनेका थिए तर राममानले उपकुलपति पद अस्वीकार गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर