Aamsanchar

सिम्रिक साकोसको दशौं साधारणसभा सम्पन्न, नयाँ समिति लियो कार्यभार जिम्मा

Author Image
शुक्रवार, असोज ३०, २०७७

बिर्तामोड । झापाको विर्तामोड –४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि ढकालले सिम्रिक साकोसले १० वर्षको अवधिमा उल्लेख्य प्रगति हाँसिल गरेको भन्दै सिम्रिक साकोसको प्रशंसा गरेका थिए । उनले झापा जिल्लामा स्थापित सहकारीहरको वीचमा सदस्य सेवाको दृष्टिले चौथो स्थान ओगट्न सफल भएकोमा सिम्रिक साकोसलाई वधाई दिएका थिए ।
त्यस्तै विशेष अतिथि बिर्तामोड नगरपालिकाका सहकारी तथा सामाजिक विकास अधिकृत डिल्ली दाहालले सिम्रिक साकोसले सहकारीको अन्तर्राष्ट्रिय छैटौं सिद्धान्त समुदायप्रतिको चासोलाई आत्मसाथ गरेको बताए ।

उनले सिम्रिक साकोसले राज्यलाई समेत उल्लेखनीय कर तिरेर सहकारी क्षेत्रमा जिल्लाकै अग्रणी संस्था बनेको भन्दै सिम्रिक साकोसको प्रशंसा गरेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाको शेयर सदस्य २५ हजार सात सय ९३ जना, शेयर पूँजी १५ करोड २५ लाख २३ हजार नौ सय रुपैयाँ , बचत संकलन चार अर्व दुई करोड २७ लाख २२ हजार पाँच सय १० रुपैयाँ , बचत फिर्ता तीन अर्व ४५ करोड ८१ लाख ५८ हजार ६ सय ६५ रुपैयाँ , वचतमा रहेको रकम ५६ करोड ४५ लाख ६३ हजार आठ सय ४५ रुपैयाँ , रहेको संस्थाको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै संस्थाको कर्जा लगानी तीन अर्व ६४ करोड २९ लाख ८० हजार सात सय ९४ रुपैयाँ , कर्जा असुली दुई अर्व ७१ करोड ४९ लाख ८७ हजार एक सय ३१ रुपैयाँ , लगानीमा रहीरहेको रकम ९२ करोड ७९ लाख ९३ हजार छ सय ३३ रुपैयाँ ,जगेडा तथा कोषमा नौ करोड ३३ लाख ५९ हजार नौ सय ७९ रुपैयाँ ,तिर्न वाँकी कर्जा ३० करोड, ४७ लाख ४९ हजार सात सय १८ रुपैयाँ , संस्थाको लगानी ५६ लाख ४५ हजार पाँच सय रुपैयाँ स्थिर सम्पति पाँच करोड दुई लाख ७१ लख पाँच सय ७३ रुपैयाँ रहेको संस्थाको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी संस्थाले १६ करोड ५४ लाख २२ लाख ३३ रुपैयाँ आम्दानी गरेकोमा १३ करोड ९८ लाख ६६ हजार पाँच सय १३ रुपैयाँ खर्च गरी दुई करोड ५५ लाख ५५ हजार पाँच सय २० रुपैयाँ नाफा कमाएको र संस्थाले यो वर्ष ११ लाख ८६ हजार दुई सय १५ रुपैयाँ कर तिरेको संस्थाको वार्षिक प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी संस्थाले ५९ लाख ४१ हजार एक सय ५३ रुपैयाँ राहत सुविधा वापत शेयर सदस्यहरुलाई उपलव्ध गराएको उल्लेख छ ।

त्यसैगरी संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत कोरोना भाइरस विपद् राहत सहयोग स्थानीय तह मार्फत ८ लाख ३० हजार, पिसिआर मेशिन खरिदमा १ लाख, कोरोना संक्रमण नियन्त्रणका लागि ट्राफिक कार्यालय बिर्तामोडको गाडी मर्मतका लागि ५० हजार, झापा नाटक घर निर्माणका लागि ५१ हजार, तारा नमस्ते बालग्रामको व्यवस्थापनका लागि ५१ हजार, भिम मावि अर्जुनधाराका विपन्न बिद्यार्थीका लागि १ सय थान ब्याग र ५ थान पंखाका लागि ४४ हजार ७ सय, मोहनमाया मावि बिर्तामोडका विपन्न बिद्यार्थीहरुलाई न्यानो कपडा स्वीटर १ सय थानको लागि २२ हजार आठ सय , शुक्रराज मावि बिर्तामोडमा अध्ययनरत विपन्न बिद्यार्थीको लागि १ सय ८० थान ब्यागका लागि ५४ हजार २ सय ५० तथा अन्य सामाजिक कार्यमा १ लाख २० हजार ६ सय ५४ रुपैयाँ सहयोग गरेको बताइएको छ ।
सोही कार्यक्रममा संस्थाको आगामी चार वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिलाई निर्वाचन अधिकृत डिल्ली दाहालले सपथ गराउँदै विजयी भएको प्रमाणपत्र प्रदान गरेका थिए ।

संस्थाको अध्यक्षमा सुवाास भट्टराई, उपाध्यक्ष किरण कपुरी, सचिव इन्द्रबहादुर कार्की, कोषाध्यक्ष मेयरमान विष्ट रहेका छन् ।
त्यस्तै सदस्यहरुमा लीला मुखिया अधिकारी, शशीकला मुखिया, चन्द्रकला सुवेदी, प्रकाश भट्टराई र नविन योगी (जोगी) रहेका छन् ।
त्यस्तै लेखा सुपरिवेक्षण समितिमा संयोजक रमेशकुमार अधिकारी सदस्यहर मीनप्रसाद गुरागाई र ओमराज राई रहेका छन् ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष भट्टराईले प्रतिवद्धता मन्तब्य राख्दै संस्थाको गरीमा र शाखलाई उँचो बनाउन कमलबहादुर बस्नेतको नेतृत्वमा रहने कर्मचारी वर्ग र आफ्नो नेतृत्वको सञ्चालक समितिले काँधमा काँध मिलाएर काम गर्ने दृढता ब्यक्त गरे । त्यस्तै संस्थाका अध्यक्ष कमलबहादुर वस्नेतले अव आफू संस्थाको प्रमुख कार्यकारी अधिकृत भएर संस्थालाई अघि वढाउने वताए ।

कोरोना महामारीका कारण सरकारले भिडभिाड गर्न बन्देज लगाएकोले सहकारी विभागको साधारणसभा निर्देशिका बमोजिम न्युन शेयर सदस्य तथा अतिथिकावीच सरकारले तोकेका स्वास्थ्य मापदण्ड पुरा गर्दै भौतिक दूरी कायम राख्दै अग्रसेन भवनमा साधारण सभा गरिएको उनले वताए ।
कार्यक्रमको सञ्चालन सचिव सुवास भट्टराईले गरेको विभागिय प्रमुख प्रेम वस्नेत (विजय)ले जानकारी दिए ।

 

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 199

प्रतिक्रिया (०)

सम्बन्धित खबर