Aamsanchar

दोस्रो युद्धविराम भएलगत्तै अजरबैजानमाथि युद्धविराम उल्लंघनको आरोप

Author Image
आइतवार, कार्तिक २, २०७७

काठमाडौं । अर्मेनिया र अजरबैजानबीच दोस्रो युद्धविराम भएलगत्तै अजरबैजानमाथि युद्धविराम उल्लंघनको आरोप लागेको छ । अर्मेनियाको रक्षा मन्त्रालयका प्रवक्ताले युद्धविराम लागु भएको चार मिनेटपछि नै अजरबैजानले रकेट र गोली प्रहार गरेको आरोप लगाएका हुन् । अर्मेनियाले लगाएको यो आरोपबारे अजरबैजानको धारणा सार्वजनिक भइसकेको छैन ।

२१ दिनसम्म चलेको लडाइँपछि अर्मेनिया र अजरबैजान दोस्रो पटक विवादित नागोर्नो काराबाख क्षेत्रमा ‘मानवीय युद्धविराम’का लागि तयार भएका थिए । दुवै देशबीच शनिबार मध्यरातिदेखि युद्धविराम लागु हुने बताएका थिए । यसुअघि अर्मेनिया र अजरबैजानले गत हप्ता पनि युद्धविरामको निर्णय गरेका थिए तर त्यो अर्को दिनमै भंग भएको थियो । युद्धविराम भंग हुनुको दोष दुवै देशले एकअर्कालाई लगाउने गरेका छन् । युद्धविराम भएको घोषणा गरिए पनि दुवै देशका सेनाबीच झडप भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर