Aamsanchar

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष थापा आइसियूमा भर्ना

Author Image
आइतवार, कार्तिक २, २०७७

काठमाडौं –  कोरोना संक्रमित राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आइसियूमा भर्ना भएका छन्। उनलाई शनिबार ओम अस्पतालको आइसियूमा भर्ना गरिएको हो। टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समेत समस्या देखिएपछि पूर्वउपप्रधानमन्त्री समेत रहेका थापालाई आइसियूमा भर्ना गरिएको ओम अस्पतालले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ। थापाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।

Views: 235

प्रतिक्रिया (०)

सम्बन्धित खबर