Aamsanchar

नेकपा सांसद जनार्दन शर्माले दशैँ भत्ता पूर्वजनमुक्ति सेनाको उपचारमा खर्च गर्ने

Author Image
आइतवार, कार्तिक २, २०७७

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिधि सभाका सांसद जनार्दन शर्मा प्रभाकरले आफूले पाएको दशैँ भत्ता पूर्वजनमुक्ति सेनाको उपचारमा खर्च गर्ने बताउनुभएको छ । सङ्घीय संसद् सचिवालयबाट पाएको भत्ताले कालीकोटका पूर्वजनमुक्ति सेना नरेन्द्र बोहराको उपचारमा खर्च गर्ने शर्माले ट्वीटरमार्फत जानकारी दिनुभएको छ । बोहरालाई भेन्टिलेटरमा राखेर उपचार गर्नु परेकाले रकम दिएको उहाँको भनाइ छ । शर्माले कोरोना महामारीको यस्तो सङ्कटमा सांसदलाई दिने दशैँ भत्ताको रकमले भेन्टिलेटर किन्न पनि आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर