कृषी क्षेत्रमा भविस्य खोज्दै लागिपर्ने युवाको संख्या कमनै देखिन्छ । देशमा परम्परागत खेती, कृषी प्रबिधिकको ब्यवस्था पर्याप्त नहुनु,अध्ययनको अभाव लगायतका कारणले उत्पादनमा ह्रास आउदा पनि नेपालमा कृृषीजन्य बस्तुको आयात बाध्यता बनेको छ ।
२०६८ साल असारमा सम्पन्न भएको छैटौ कृृषी गणना अनुसार ६०% कृषकका आफ्नो उत्पादन वार्षिक उपभोग कालागि नपुग रहेको देखिन्छ तर दुःखी पेशा भनेर चिनिएको कृषिलाईनै अंगालेर झापा अर्जुनधारा नगरपालीका कालिस्थानका अगुवा कृषक दिनबन्धु पोखरेलको ध्यान चिकु खेतीतर्फ केन्द्रित छ । हाल उनले चिकु (सापोटा), मरिच, कागती, करौदा, पान लगायतका वालीहरु ब्यावसायीक उत्पादन गरिरहेका छन् । कृषि कर्मबाटनै उनले खर्च कटाएर बार्षिक लाखौं कमाई गरिरहेको बताउ छन् । .
‘सुरुवातीमा चिकु (सापोटा) को ब्यवसायिक खेती मेक्सिको, ग्वाटोमाला, अमेरिका, भारत लगायतको देशहरुमा भएको थियो, त्यसको ब्यापाक उपयोग र प्रसस्त मात्रामा खेती हुदै आएको छ । हाम्रो देशमा प्रचार प्रसार र जानकारी अभावको कारण प्रसस्त सम्भावना हुँदा हुँदै पनि नौलो फलको रुपमा नै नेपालका कृषि विज्ञहरुले चिकु नभनेर (सापोटा) भनिदिएकोले नेपालीहरुले नयाँ फललाई वास्ता नगरेका हुन् असली मौलिक नाम चिकु भनेर प्रचार गरिने हो भने यो फलको बारेमा नेपालीलाई धेरै बताई रहनु पदैन ।’ २०६६ सालबाट कृषि क्षेत्रमा लाग्न सुरु गरेका पोखरेलले यस बर्षबाट चिकु (सापोटा) फाउन थालेका छन् ।
जाडो मौसम देखि भदौ भरी नै उपलब्ध हुने यो फलमा कार्बोहाइड्रेट, पोटासियम,सोडियम, भिटामिन आईरन, म्याग्नेसियम पर्याप्त उपलब्ध हुने भएकाले स्वास्थ्यका हिसाबले निकै लाभदायक हुने पोखरेल बताउछन् । यसै बर्ष मात्र उनले १ लाख मुल्य बराबरबरको चिकु बेचेर आम्दामी गरेको बताए । २०६६ सालबाट मरिच खेती पनि गर्दै आएका छन् । मरिच बाट पनि बार्षिक राम्रो रकम हात पार्दै आएका छन् बर्षमा ६ क्विन्टल सम्म उत्पादन गर्दै आएको उताउछन् । उत्पादनको बर्षमा किलोको १२ सयमा बिक्री भएको मरिच यो बर्ष प्रति किलो ६ सयमा झरेको छ । बिचौलिका कारण कृषकले सोचो जस्तो आम्दामी गर्न नसकेको देखेसो गरेका छन् पोखरेलले ।
पोखरेल आफूलाई नेपालमै धैरै मरिच उत्पादन गर्ने कृषक भएकोे दाबी पनि गरेका छन् । त्यतीमात्र हैन हाल कालिस्थान कृषि समूहनै गठन गरेर जाजी जातको (२ नम्बर ग्रेड) साझेदारीमा पान खेती समेत सुरुवात गरेका छन् । पान खेती पनि ब्यवसायीक रुपमा नेपालमानै पहिलो खेती भएको पोखरेल सगौरव बताउछन् । यस बर्षबाट पानबाट उत्पादन लिन सकिने अवस्थामा पुगेको छ, हजारौं पानको बोटहरु छन् । त्यस्तै उनले १५० झाङ कागतिबाट उत्पादन लिन थालेको दुईचार बर्षनै भई सकेको छ । कागतीबाट पनि बार्षीक सरदर १ लाख आम्दानि हुदै आएको पाखरेलले भने ।
त्यसो त निर्वाह मुखी कृषिकर्म गरिरहेका आम नेपालीका लागि ब्यवसायिक उत्पादन सुरुगर्नु चुनौती पनि छ । तर लगनशिल भएर लाग्ने हो भने सफलता पनि प्राप्त गर्न सकिन्छ । सरकारी तवरबाट कृषि प्राबिधिक हरुको ब्यवस्था हुने हो भने कृषिबाट थप आम्दानि हुनेमा कुनै शंका छैन । आफ्नो काममा सन्तुष्ट रहनु भएका पोखरेलले २० बिगाह क्षेत्रफलमा रवर खेती पनि सुरु गर्न सकेकोमा आफु हर्षित भएको बताए ।
गाउँ समाजमा कुनै कृषि काम सुरुवात गर्ने हो भने युवालाई लक्षित गर्दै पोखरेल भन्छन, जुन काम गर्नुहुन्छ त्यस बिषयमा अध्यययन गर्न आवश्यक छ, सरकारी प्रतिनिधिहरु बिदेशमा कृषि अवलोकनका लागि जान्छन तर के गरेर आउछन् देशका लागि कुनै उपलब्धीहरु भएको छैन । अव कृषकहरुलाई अध्ययन अबलोकनमा सरकारले लानु पर्छ अनि मात्र नेपालमा कृषि कर्मको धार परिवर्तन गर्न सम्भव छ । नेपालमा दक्ष प्राविधिक छैनन् । युवा पुस्तालाई प्रविधिक ज्ञान दिलाउन बिदेश पठाउनु पर्याे बिदेशमा सिकेको सिप नेपालमा लागु गर्ने वातावरण सरकारले मिलउन आवश्यक रहेको भन्दै त्यो गर्न सरकारलाई सुझाव दिन्छन पोखरेल ।
कृषि पेशालाई सम्मानित बनाउन सकियो भने मात्रै पनि धेरै गर्न सकिन्छ . कृषि पेशा अशिक्षित र पाका उमेर वर्गले मात्र गर्नुपर्छ भन्ने हाम्रा गलत सामाजिक सोचाइलाई विस्थापन गर्न जरुरी छ ।
सरकारले बिदेशबाट श्रम, सीप सिकेर फर्केका युवाहरुलाई कृषिमा आकर्षित गर्ने नीति अख्तियार गर्न जरुरी छ । यसरी कृषि प्रणालीलाई नयाँ तवरले सोच्यौ भने हामीले लिएको लक्ष्य पुरा गर्न सक्छौं । कृषिमा देशलाई आत्मनिर्भर गराइ कुल गाहस्थ उत्पादनमा वृद्धि गरी अर्थतन्त्र सबल बनाउन सक्छौं ।
भिडियो पनि हेर्नुहोस्