बिर्तामोड । बिर्तामोडको डोमालाल रंगशालामा जारी झापा गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ। रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३–० ले पराजित गर्दै चर्च ब्वाइजले सेमिफाइनलमा स्थान पक्का गरेको हो।

चर्च ब्वाइजका दिपेश गुरुङ, आर्मन्ड, र डिकाले गोल गरे। खेलको २९ औँ मिनेटमा दिपेशले २५ यार्डबाट गोल गर्दै टोलीलाई अग्रता दिलाए। समिर तामाङको कर्नर प्रहारमा आर्मन्डले हेडमार्फत दोस्रो गोल गरे भने पहिलो हाफको अतिरिक्त समयमा कमल श्रेष्ठको फ्रिकिकमा डिकाले तेस्रो गोल थपे।

गोर्खा ब्वाइजले खेलभरि बल नियन्त्रण गर्न नसक्दा र तालमेल अभावले पहिलो खेलमै पराजय भोग्यो। चर्च ब्वाइजका डिका ‘प्लेयर अफ द म्याच’ घोषित भए र नगद १० हजार रुपैयाँ पुरस्कार जिते।



फोटो फिचर हेर्नुहोस । फोटो: बिनोद पाण्डे/आमसंचार


Views: 149


