Aamsanchar

बालेनको अब को लेन

Author Image
शनिवार, वैशाख ५, २०८३

काठमाण्डु मेयरको निर्वाचनमा हुँदा स्वतन्त्र उम्मेदवार को रुपमा लौरो निर्वाचन चिन्ह लिएर निर्वाचित भएका बालेनले मेयर पदबाट राजिनामा दिएर रास्वपा मा प्रवेश गर्दै रास्वपा पाटी को वरिष्ठ नेता भए ।  रास्वपा कै घण्टी निर्वाचन चिन्ह लिएर झापाको निर्वाचन क्षेत्र ५ बाट भारी फरक ले प्रतिनिधि सभाको निर्वाचनमा निर्वाचित भए । देशभर घण्टी को कल्पनीय निर्वाचन परिणाम ले आश्चर्य चकित पार्यो । झण्डै दुई तिहाइ जन प्रतिनिधि आफ्नो दलबाट निर्वाचित गराउन सफल भयो । घण्टीका जनप्रतिनिधि सांसदमा निर्वाचित हुँदै गर्दा विगतमा काँग्रेस एमाले माओवादी दल भित्र राजनीतिक पहिचान छवि र इतिहास बनाएका र आफ्नो निर्वाचन क्षेत्रमा वर्चस्व बनाएकाहरू समेतको निर्वाचनमा लज्जाजनक हार व्यहोर्नु  पर्यो । कति उम्मेदवारको त धरौटी समेत जफ्त सम्म हुन पुग्यो । यो सबै घटना क्रम राजनीतिक दल सँग नभएर दल भित्रका नेताहरू प्रति को वितृष्णा सँग जोडेर हेर्ने गरिएको छ । दलको नेता प्रतिको वितृष्णा ले दलको छवि र जनता को दल प्रतिको आकर्षण , विश्वास र निष्ठामा पनि प्रतिकुल असर परेको निष्कर्ष निर्वाचनको परिणामले यस्तो देखिएको छ ।

रास्वपा को आकर्षण हो की बालेनको 

निर्वाचनमा रास्वपा होमिँदै गर्दा रास्वपाका वरिष्ठ नेता  बालेनलाइ आफ्नो दलको प्रधानमन्त्री को रुपमा प्रस्तुत गर्यो । रास्वपा ले पनि बालेनको आकर्षण र लोकप्रियता लाई मनन मात्रै गरेन स्वीकार गरेर आत्मसाथ समेत गर्यो । रास्वपा दल दर्ता हुँदै देखी दललाई स्थापित गर्न सक्रिय रहेका नेताहरू लाई छोडेर बालेनलाइ आफ्नै दलमा प्रवेश गराएर प्रधानमन्त्रीको उम्मेदवारी बनाउनु उनको लोकप्रियता नै हो र यही कारणले चुनावी माहोल एकाएक बन्यो ।

फागुन २१ को निर्वाचन देखिनै रास्वपा अध्यक्ष ओझेल मा पर्दै गए “बालेन बालेन “चर्चा चुलिँदै गयो । बालेन प्रतिको आकर्षण जनलहरमा देखियो । प्रधानमन्त्री को रुपमा प्रस्तुत गरेपछि बालेन लाई मत दिन घण्टीमा मत हाल्नु पर्ने हुँदा मात्रै घण्टी जन जिब्रामा आयो र घण्टी चुनाव चिन्हले झण्डै दुई तिहाइ मत पायो । बालेन भनेको घण्टी हो यसरी मताधिकार भएका मानिसले घण्टी बजे ।

कार्यकारी प्रधानमन्त्रीको अभ्यास र शैली

फागुन २१ को निर्वाचनमा कार्यकारी प्रधानमन्त्रीको अभ्यास र शैली भएको देखियो । वर्तमान संविधानमा कार्यकारी प्रधानमन्त्री को व्यवस्था छैन । केही दलहरू मा कार्यकारी प्रधानमन्त्री हुनु पर्छ भनेर संविधान संशोधनको कुरा समेत उठाएका थिए र छन पनि । फागुन २१ को निर्वाचनमा नेपाली काँग्रेस , रास्वपा ले त गगन र बालेनलाइ प्रधानमन्त्री रुपमा अगाडि सारेर निर्वाचन प्रस्तुत हुनु कार्यकारी प्रधानमन्त्री कै अभ्यास र शैली अपनाएका हुन । नेपाली काङ्ग्रेसले यो भन्दा पुर्व पनि सन्तनेता कृष्ण प्रसाद भट्टराइलाइ प्रधानमन्त्रीको रुपमा अगाडि सारेकै हो ।

रास्वपाबाट प्रधानमन्त्री वनेका बालेन शाह यसरी जनआधार जनबल लिएर प्रधानमन्त्री बनेका हुन । रास्वपा आफैले बालेन शाहलाइ प्रधानमन्त्रीको उम्मेदवार भनेर प्रस्तुत गरेपछि रास्वपा भित्र संसदिय दलको नेतामा बालेन शाह मा सर्वसम्मत विचार नभए पनि सर्वसम्मत मत दिनु वाध्यकारी अवस्था देखिन्छ ।

प्रधानमन्त्री नियुक्त भएपछी बालेन शाह को कार्यशैली  कार्यकारी प्रधानमन्त्री कै जस्तो देखिन्दै आएको छ ।

अहिले सम्म प्रधानमन्त्री बालेन शाहको मन्त्रीमण्डलको निर्णय हेर्दा कार्यकारी प्रधानमन्त्रीकै शैलि नै अपनाएको देखिन्छ । काठमाण्डौका मेयर रहदा को उन्को कार्यशैली र तत्काल निर्णय गर्ने निर्णयको अभ्यासमा हुर्केका बालेन शाह प्रधानमन्त्री भएपछी त्यही अभ्यास र शैलिमा छन ।

अहिलेको सरकार को नेतृत्व गरेका बालेन शाह को पुर्ण कमानमा सरकारमा छ । रास्वपा दलबाट प्रधानमन्त्री वनेका बालेन शाह रास्वपाको कमाण्डमा छन त  ? अहिले रास्वपा र सो दलका नेता छायामा पर्दै गएको देखिन्छ । प्रधानमन्त्रीको भारी व्यक्तित्वले रास्वपा र सो दलका नेताहरू थिचिन्दै गएका छन । प्रजातान्त्रिक मुलुकमा दल भन्दा सो दलको प्रधानमन्त्री दलमा भारी हुनु निस्चय पनि भोलीका दिनमा दल र सरकारको लागी मात्रै हैन लोकतन्त्रको लागी पनि निस्चय राम्रो मान्न सकिन्न । अहिले प्रधानमन्त्रिमा कार्यकारी प्रधानमन्रिको शैलि र अभ्यासले अगाडि बढेको देख्दा प्रधानमन्त्रिमा अधिनायक प्रवृती र तानाशाही हुन सक्ने देखिन्छ जुन कार्यकारी प्रमुखको पहिलो दोषको रुपमा लिन सकिन्छ ।

समुन्द्र जस्तो गहिरो र गम्भिर

अहिले सबैमा चर्चा र बहस को विसय भएको छ ! प्रधानमन्री कम बोल्नु र गम्भिर देखिनु । यो भन्दा पुर्वका प्रधानमन्त्रिहरु अधिक बोल्द थिए र सामाजिक सन्जाल र अखबारहरुमा अन्तरवार्ता अन्य विचारहरु सम्प्रेषण गरिरहन्थे । अहिले त्यस्तो देखिएको छैन । गम्भिर र कम बोल्ने मानिसहरु बुज्न र चिन्ह सजिलो छैन । त्यस्ता मानिसहरुको भित्र के छ जान्न गार्हो हुन्छ समुन्द्र जस्तो गहिरो र गम्भिर मानिसहरुले एक प्रकारको भय पैदा गर्छ । जस्तो समुन्द्र ले।

रास्वपा मा हैन अन्य राजनीतिक दलमा पनि प्रधानमन्त्रीको मौनता गम्भिर स्वभावले त्रसित छन जस्तो देखिन्छ । भारतिय हो की अमेरिकन पाकिस्तानी हो की अन्य विदेशी जव उनिहरु बोल्छ तब उनिहरुको पहिचान खुल्छ । अहिले प्रधानमन्त्रीको मौनताले यसै भन्न सकिने स्थिती छैन ।

प्रधानमन्त्री बालेनको लेन के हो ?

प्रधानमन्त्री बालेन शाहले  अबको लेन को विसयमा केही संकेत गरेका छन । प्रधानमन्त्री भएपछी १०० कार्यसुचीको वटमलाइन प्रतुत गरेकाछन । जेन जी आन्दोलनको माग बमोजिम सरकार हाक्ने विसयमा उ निस्चिन्त छन जस्तो छन ।

प्रधानमन्त्री बालेन शाहलेअन्य  राजनीतिक दलहरुको 

समेत मन र भावना जित्न सक्नु पर्छ। यसो गर्न उनलेनिर्वाचन ताका अन्य दलहरुले प्रतिबध्दता गरेका घोषणा पत्रका राम्रा र राष्ट्र हितका शुशाशन र विकासमा गरेका प्रतिवध्दता लाई समेत ग्रहण गरेर अगाडि बढ्नु उनको लागी हितकर छ ।

प्रधानमन्त्री बालेन शाहले जेन जी आन्दोलनमा सहिद भएकहरुलाइ विर्सनु हुदैन । उनिहरुको माग र भावनालाइ आत्मसाथ गर्नु  पर्छ । प्रधानमन्त्री बालेन शाह ले अवको लेन स्पष्ट गर्नु पर्छ । र साथै आन्दोलनकै जगमा वसेर वनेको सरकारले जेन जी को माग र भावनालाइ कार्यसम्पादन गरे परिणामुखी नतिजा दिन सके मात्र उनिहरु प्रती सच्चा श्रध्दान्जली हुनेछ ।

Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर