Aamsanchar

कैफ कैफको सुपरहिरो ४ मुलुकमा छायांकन गरिने

Author Image
बुधवार, कार्तिक ५, २०७७

एजेन्सी । अभिनेत्री कट्रिना कैफ र चलचित्र निर्देशक अली अब्बास जफर ठूलो बजेट रहने सुपरहिरो चलचित्रका लागि सँगै काम गर्दै छन् । नेटफ्लिक्समा प्रसारण हुने यस चलचित्र ठूलो लगानीमा बन्न लागेको हो । कट्रिनाको पहिलो सुपरहिरो चलचित्रको छायांकन ४ मुलुकमा हुने खबर आएको छ । ४ देशमध्ये दुबईको छायांकन लोकेसन तय भइसकेको छ । निर्देशक अब्बास यसका लागि गत महिना दुबई गएका थिए । अब निर्देशक अली पोल्यान्ड र जर्जियामा लोकेसन फाइनल गर्न जाने तयारीमा छन् । बलिउड हंगामासँग कुरा गर्दै निर्देशक अलीले चलचित्र ३ देखि ४ देशमा छायांकन गर्ने योजना रहेको बताएका छन् । यस्तै पहाडी क्षेत्रका केही सिनका लागि भने भारतकै दिल्ली, हिमाञ्‍चल प्रदेश र उत्तरखण्डमा पनि छायांकन गरिने उनले बताए ।

कोरोना संक्रमणलाई ध्यानमा राख्दै आवश्यक सुरक्षाका सबै उपायहरु अपनाएर छायांकन गर्नुपर्ने भएकाले बजेटमा केही भारी पर्ने उनले बताए । कट्रिनाले चलचित्र ‘फोन भूत’ र ‘टाइगर ३’ को छायांकन सकाएपछि अर्को वर्ष यस चलचित्र छायांकनमा जाने तयारी गरिएको छ । यद्यपि यसका लागि कट्रिनाले तयारी भने सुरु गरिसकेकी छिन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर