Aamsanchar

सकारात्मक आत्मसुझाव दिदाँ

Author Image
शुक्रवार, कार्तिक ७, २०७७

सन् साठीको दशक तीर अनुसन्धान गरियो । मान्छे सुन्दर कसरी देखिने बिषयमा। कुरुप अनुहारलाई सुन्दर कसरी बनाउने बारेमा खोज अनुसन्धान गरियो । युरोप देशका केही डाक्टरहरुले पत्ता लगाए पलास्टिक सर्जरीबाट कुरुप अनुहारलाई पनि सुन्दर बनाउन सकिन्छ । त्यसपछि अनुहार मात्र सुन्दर भएन । ऊनीहरुको जीवनमै आमूल परिवर्तन ल्याइदियो ।जो – जो सर्जरीबाट सुन्दर भए। ऊनीहरु भन्दा रहेछन् । म राम्रो भए । सबैले मलाई बिश्वास गर्न थाले । सबैले मलाई प्रेम गर्छन् । म पनि केही गर्न सक्छु । म पनि जीवनमा खुसी छु । स्वास्थ छु । मैले जीवनमा सबथोक पाएँ भनेर आत्मसुझाव दिदाँ रहेछन् । सकारात्मक सन्देश प्रवाह गर्दा रहेछन् । जसले गर्दाखेरि अनुहार मात्र सुन्दर भएन । यसको प्रभाव परेर जीवन नै परिवर्तन भएको थियो ।

केही मान्छेको जीवनमा परिवर्तन आएन । उनीहरु भन्दा रहेछन् । अनुहार मात्र सुन्दर भएर के गर्नु । मेरो बानी व्यहोरा त्यही हो ।हिजो म जे थिए आज त्यही छु । मलाई विश्वास गर्दैनन् ।प्रेम गर्दैनन् । हिजो म चोर थिए । आज पनि चोर्न छोडेको छैन भनेर नकारात्मक सन्देश प्रवाह गर्दा रहेछन् । जसले गर्दा अनुहार त सुन्दर भयो । जीवन परिवर्तन भएन । यसबाट के प्रष्ट हुन्छ भने जीवनमा सकारात्मक सन्देश दिएर जीवन परिवर्तन गर्न सकिन्छ । तपाईहरु जीवन परिवर्तन चाहनुहुन्छ भने आत्मालाई सकारात्मक सन्देश प्रवाह दिन थाल्नु होस् । जस्तो कि म निरोगी छु । म दिनानुदिन स्वास्थ हुँदै गइरहेको छु । म खुसी छु । सबैले मलाई प्रेम गर्छन् । विश्वास गर्छन् भनेर यसको अभ्यास गर्न जरुरी छ ।तपाईं ओछ्यानबाट उठ्ने बितिकै अभ्यास गर्नुहोस् । बिस्तारै – बिस्तारै तपाईको जीवनमा पनि परिवर्तन हुन थाल्छ। कम्तीमा तीन महीनासम्म यसको अभ्यास गर्नुहोस । तपाईं जीवनमा के – के परिवर्तन आयो विचार गर्नुहोस् । सकारात्मक सन्देश प्रवाह गरेर तपाईंको जीवन पनि परिवर्तन हुन सक्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 217

प्रतिक्रिया (०)

सम्बन्धित खबर