Aamsanchar

‘नेपालको सात जिल्लामा चीनले सीमा मिच्यो’ :   भारत गुप्तचर 

Author Image
आइतवार, कार्तिक ९, २०७७

भारतको गुप्तचर संस्थाले केन्द्र सरकारलाई चीनसँग सीमा जोडिएका नेपालका सात जिल्लामा सीमा अतिक्रमण भएको रिपोर्ट प्रस्तुत गरेको छ । भारतीय मिडियामा प्रकाशित समाचारमा गुप्तचर संस्थाले चीनले नेपालतर्फ १५ सय मिटरसम्म अन्तर्राष्ट्रिय सीमालाई बढाएको दाबी गरेका छन् । नेपालको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले चिनियाँ कम्युनिस्ट पार्टीको बचाऊ गर्ने भएकाले स्थिति अझै बिग्रन सक्ने बताइएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

मिडिया रिपोर्टमा नेपालको सर्भे डिपार्टमेन्टको रिपोर्टबारे पनि उल्लेख गरिएको बताइएको छ जसमा चीनले नेपालको जमिन हत्याएको कुरा उल्लेख गरिएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले यस रिपोर्टलाई नजरअन्दाज गरेको पनि दाबी गरिएको छ । यद्यपि, कथितरुपमा गरिएको कृषि मन्त्रालयले जारी गरिएको भनिएको उक्त सर्वेक्षण फेक थियो भनेर यसअघि नै प्रमाणित भइसकेको छ ।

हालै मात्र कृषि मन्त्रालयले एक रिपोर्ट जारी गरेको र नेपालका ७ जिल्लामा सीमा अतिक्रमण भएको समाचार प्रकाशित भएको थियो । यो सामाचार गलत भएको पुष्टि भइसकेको छ । यही रिपोर्ट कै आधारमा गुप्चार संस्थाहरुले आफ्नो रिपोर्ट तयार गरेका हुन् या होइनन् भन्ने समाचारमा खुलाइएको छैन ।

भारतीय मिडियाले गुप्तचर एजेन्सीको हवाला दिँदै नेपालको दोलखा, गोरखा, दारचुला, हुम्ला, सिन्धुपाल्चोक, रसुवा र संखुवासभामा सीमा अतिक्रमण भएको दाबी गरिएको छ । नेपालले चीनसँस सीमाबारे वार्ता गर्न आनाकानी गरिरहेको रिपोर्टमा भनिएको छ ।

दैनिक भास्कर

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 294

प्रतिक्रिया (०)

सम्बन्धित खबर