Aamsanchar

प्रचण्ड–नेपाल समूहबीच न्याय परिषद् सदस्य नियुक्तिमा पनि विवाद

Author Image
बिहिवार, कार्तिक २०, २०७७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केपी शर्मा ओली र प्रचण्ड–नेपाल समूहबीच न्याय परिषद् सदस्य नियुक्तिमा पनि विवाद भएको छ । नेपाल बार एशोसिएसनको सिफारिसमा नियुक्त हुने न्याय परिषद्को सदस्यका लागि दुबै समूहले अलग अलग नाम प्रस्ताव गरेका छन् ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षले महेश नेपालको नाम अघि सारेका छन् । तर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले रामप्रसाद श्रेष्ठको नाम अघि सारेका छन् । यसबारे प्रचण्ड–नेपाल समूहले बिहीबार कानून व्यवसायीहरुसँग समेत परामर्श गरेका छन् । ‘हामीले पहिला सिफारिस भएर पनि काम गर्न नपाएको, वरिष्ठ पनि भएकाले उहाँ ९श्रेष्ठ० लाई सिफारिस गरौं भनेका छौं’ पेरिसडाँडामा भएको छलफलमा सहभागी एक नेताले भने, ‘उहाँहरुले महेश नेपाललाई सिफारिस गर्न चाहेको बुझेका छौं ।’

न्यायपरिषदले अदालतहरुमा न्यायाधीश सिफारिस गर्ने, न्यायप्रशासनसम्बन्धी विषयमा अध्ययन तथा अनुसन्धान गर्ने, न्यायधीशको आचारसंहिता बनाउने, न्यायाधीशको तालिम, प्रशिक्षणका पाठ्यक्रम बनाउने काम गर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)