Aamsanchar

अमेरिकामा राष्ट्रपतिय निर्वाचनः मतगणना जारी, कहिले आउछ अन्तीम परिणाम ?

Author Image
शुक्रवार, कार्तिक २१, २०७७

एजेन्सी । अमेरिकामा राष्ट्रपतिका लागि डेमोक्रयाट तर्फबाट उम्मेदवार बनेका जो बाइडेन जितको नजिक पुगेका छन् । अमेरिकाका धेरै ठाउँमा रातो पर्खाल भत्काउदै उनले निलो पर्खाल बनाएका छन् भने राष्ट्रपति भवन ह्वाइट हाउस प्रवेशको सुनिश्चितता बढाउदै लगिरहेका छन् । कूल ५३८ इलोक्टोरल मतमध्ये २७० इलोक्टोरल मत ल्याउने उम्मेदबार राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था अमेरिकामा रहेको छ । वाइडेनले अहिलेसम्म २६४ इलेक्टोरल मत प्राप्त गरिसक्नु भएको छ भने बाँकी ६ मत उनले गणना गर्न बाँकी ठाउँबाट सहजै प्राप्त गर्ने देखिएको छ ।

पूर्व उपराष्ट्रपति बाइडेनसँग प्रतिश्पर्धामा रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अहिलेसम्म २१४ इलेक्टोरल मत मात्रै प्राप्त गरेका छन् । उनी धेरै पछाडि रहेकोले उनले जित्ने सम्भावना न्युन देखिएको छ । उनी दुई ठाउँमा मात्रै अगाडि देखिएका छन् । आफू पराजित हुने अवस्था देखिएको र मतगणना जारी रहेकै बेला ट्रम्पले भने मतगणनाप्रति असन्तुष्टि र आशंका गर्दै अदालतमा उजुरी दिएका छन् । अमेरिकाका कुल ५० राज्यमध्ये ४३ राज्यमा मतगणना सम्पन्न भइसकेको छ भने बाँकी सात राज्यमा अहिले गणना भइरहेको हो ।

अहिले गणना भइरहेका अधिकांश ठाउँमा पनि बाइडेन नै अगाडि देखिनु भएकोले समेत उनको जितको सम्भावना बढी देखिएको हो । अहिले मतगणना भइरहेका मध्ये पेन्सील्भानीया, उत्तर क्यारोलिना, जर्जिया र नेभाडामा वाइडेन अगाडि देखिएका छन्। वाइडेनले अहिलेसम्म सात करोड दश लाख मत ल्याइसकेका छन् । यो मत राष्ट्रपतिको उम्मेद्वारले पाएको अहिलेसम्मकै धेरै भएको अधिकारीहरुले जनाएका छन् । अमेरिकामा नेपालको समयानुसार मंगलबार बेलुकादेखि शुरु भएको मतदान राती अबेर सम्पन्न भएको थियो भने बुधबार विहानदेखि मतगणना शुरु भएको थियो ।

त्यसैगरी हुलाकबाट दिइएको मत भने केही संकलन भइसकेको छ भने केही ठाउँबाट आउने क्रम जारी रहेको अधिकारीहरुले जनाएका छन् । ती सबै मत गणना भएपछि मात्रै अन्तिम नजिता घोषणा गरिने छ ।  अमेरिकामा हरेक निर्वाचनमा हुलाक मार्फत लाखौं मतदाताले मतदान गर्दछन् । त्यसैगरी इलोक्टोरल कलेज अर्थात निर्वाचन मण्डल प्रणालीअन्तर्गत राष्ट्रपतिको चयन गर्ने व्यवस्था रहेको छ । सबै राज्यलाई जनसङ्ख्याका आधारमा इलोक्टरल मत तोकिएको छ ।

अमेरिकामा हरेक चार–चार वर्षको नोभेम्बरमा निर्वाचन हुने गर्दछ । त्यस निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिले औपचारिक रूपमा जनवरी २० मा शपथ ग्रहण गर्दै ह्वाईट हाउस प्रवेश गर्ने परम्परा रहेको छ । अमेरिकी राष्ट्रपतिको काम कार्बाहीबाट अमेरिका र विदेशमा रहेका धेरै मानिसको जीवनमा प्रत्यक्ष असर पर्ने भएकाले यस निर्वाचनलाई महत्वका साथ हेर्ने गरिएको छ । –एएनआई

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर