Aamsanchar

सरकार र संघीयतालाई असफल बनाउने षड्यन्त्रलाई पार्टी नेतृत्वले नजिकबाट बुझेकोे : प्रदेश १ मुख्यमन्त्री राई

Author Image
शुक्रवार, कार्तिक २१, २०७७

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई फुटाउने प्रयास भइरहेको बताएका छन् । सुकुम्बासीलाई एकीकृत नमुना बस्ती हस्तान्त्रण गर्न शुक्रबार मोरङको ग्रामथान गाउँपालिका पुगेका मुख्यमन्त्री राईले नेकपालाई कमजोर बनाउन र फुटाउन अनेक प्रयास भइरहेका बताए ।

‘अनेकौं षड्यन्त्रका तानाबाना बुनेर नेकपा नेतालाई फुटाउने प्रयास भइरहेको छ । घेराबन्दी गर्ने काम भएको छ’ नेकपा नेता समेत रहेका उनले भने, नेकपा कुनैपनि हालतमा फुट्दैन, फुट्नु हुँदैन । नेकपा फुट्नका बनेकै होइन ।’ सरकार र संघीयतालाई असफल बनाउने षड्यन्त्रलाई पार्टी नेतृत्वले नजिकबाट बुझेकाले पार्टी नफुट्ने उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)