Aamsanchar

पहिरोले गाउँ नै पुरिदा ग्वाटेमालामा कम्तीमा ५० जनाको ज्यान गयो

Author Image
शनिवार, कार्तिक २२, २०७७

काठमाण्डौ- ग्वाटेमालामा निरन्तर वर्षापछि पहिरोले गाउँ नै पुरेको छ । पहिरोमा परि कम्तीमा ५० जनाको ज्यान गएको छ । राष्ट्रपति एलेजान्डे गिएमाट्टीले अरु १ सय जनाभन्दा धेरै पुरिएको र उनीहरुको पनि ज्यान गएको हुन सक्ने बताउनुभएको छ ।

आँधीको कारण परेको ठूलो वर्षाका कारण अल्टा भेरापाज क्षेत्रको क्वीजा गाउँका घरहरु पुरिएका बीबीसीको खबरमा उल्लेख छ । अहिले प्रभावित गाउँमा उद्धारका लागि आर्मीको टोली पुगेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 247

प्रतिक्रिया (०)

सम्बन्धित खबर