Aamsanchar

अमेरिकामा कोरोना सङ्क्रमित हुनेको संख्यामा रेकर्ड, एकैदिन थप १ लाख २७ हजार जनामा सङ्क्रमण

Author Image
शनिवार, कार्तिक २२, २०७७

काठमाण्डौ-अमेरिकामा कोरोना सङ्क्रमित हुनेको संख्यामा रेकर्ड बनेको छ । एकैदिन हिजो थप १ लाख २७ हजार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो संख्या दैनिक सङ्क्रमितको रेकर्ड सङ्ख्या हो । अमेरिकामा कुल सङ्क्रमितको सङ्ख्या एक करोड नाघेको छ । अमेरिकामा कोरोनाका कारण २ लाख ४२ हजारले ज्यान गुमाएका वल्ड्रोमिटरले जनाएको छ ।

सङ्क्रमितको सङ्ख्या तथा ज्यान गुमाउनेको सङ्ख्या दुवै हिसाबमा अमेरिका महामारीबाट सबभन्दा धेरै प्रभावित देश बनेको छ । विश्वभर कोरोनाका कारण ४ करोड ९६ लाखभन्दा धेरैमा सङ्क्रमण भैसकेको छ । तीमध्ये ३ करोड ५२ लाखभन्दा धेरै सङ्क्रमणमुक्त भएका छन् ।सङ्क्रमणबाट अहिलेसम्म विश्वभर गरी १२ लाख ४८ हजारको ज्यान गएको वल्र्डओमिटरले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)

सम्बन्धित खबर