Aamsanchar

फुट्यो सिके राउत नेतृत्वको जनमत पार्टी

Author Image
आइतवार, कार्तिक २३, २०७७

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टी फुटेको छ । उक्त गठबन्धनका सहसंयोजक कैलाश महतोले स्वाधीन मधेस जनअभियान नामक संगठन खोल्नुभएको छ । उहाँको नेतृत्वमा १४ सदस्यीय स्वाधीन मधेश जन–अभियानको तदर्थ समिति आज जनकपुरधाममा घोषणा गरिएको छ ।

समितिमा रमेश सिंह (महोत्तरी), सञ्जयकुमार साह (पर्सा), सतिला यादव (सिरहा), ध्रुवप्रसाद कहार ‘गौंड’ (नवलपरासी), महेन्द्रप्रसाद चौधरी (कैलाली), हकिकुल्लाह मुसलमान (कपिलवस्तु), दिनेशप्रसाद यादव र सुजित कुशवाहा (बारा), देवकान्त सिंह (सिरहा) अनवर खान (बांके), जगरनाथ सहनी (रुपन्देही), प्रवीण महतो (मोरंग) र नारदमुनि मण्डल (सप्तरी)लाई चयन गरिएको छ ।

संयोजक महतोले देशमा समानता र समतामूलक समाज र विभेदरहित सामाजिक प्रणालीको स्थापना गर्न संगठन बनाएको बताउनुभयो । उहाँले काठमाडौँ र मधेसका बीच समानतामा आधारित राजनीतिक, आर्थिक, सामरिक, प्रशासनिक र शासकीय सम्बन्ध स्थापित हुनुपर्ने पनि बताउनुभयो । महतोले आफूले स्वतन्त्र र राजनीतिक अभियान सुरु गरेको भन्दै मधेससँग राज्यले गरेका विगतका सम्पूर्ण सहमति र सम्झौताहरुको खोजतलास गरी उचित व्याख्या र विश्लेषणको आधारमा कार्यान्वयन गर्न दबाब दिने पनि घोषणा गर्नुभयो । मधेसीले विदेशीको भन्दा पनि अपहेलित र अधिकारविहीन भएर बस्नुपरेको अवस्थालाई राज्यले गम्भीर रुपमा लिनुपर्ने उहाँको भनाइ छ ।

Views: 244

प्रतिक्रिया (०)