Aamsanchar

शिकारको प्रतिक्षामा माकुरो

Author Image
मङ्गलवार, कार्तिक २५, २०७७

शिकारको प्रतिक्षामा रहेको माकुरो । वास्तवमा, सुन्दा अचम्म लाग्न सक्छ, तर सावधानी नअपनाउने हो भने माकुरो आफ्नो जालोमा आफैं फस्न सक्छ । तर आफैंले बुनेको आफ्नो घर– जालोमा हिँड्दा डुल्दा यसले सावधानी अपनाइरहेको हुन्छ । यसलाई जालोको कुन धागोमा हिँड्दा टाँसिदैन र कुन जालोमा हिँड्दा चाहिँ टाँसिन्छ भन्ने कुराको राम्रो हेक्का हुन्छ । त्यसैले यो जालोमा टाँसिदैन ।

माकुराले विभिन्न किसिमका जालो बुन्ने धागाहरु उत्पादन गर्न सक्छ । त्यसमध्ये यसले शिकार पक्रनको लागि टाँसिने खालको धागो उत्पादन गरी प्रयोग गरेको हुन्छ । त्यसबाहेक, यसले जालोलाई थाम्न र बलियो बनाउन नटाँसिने खालको धागो पनि उत्पादन गरेर जालोमा प्रयोग गरेको हुन्छ । यही नटाँसिने धागोको प्रयोग गरेर यसले जालोमा आफू हिँड्ने सुरक्षित बाटो पनि निर्माण गरेको हुन्छ ।

जालोमा कीरा फट्याँग्रा फँसेपछि यसले त्यही नटाँसिने धागोलाई मात्र आफू हिँड्ने बाटोको रुपमा प्रयोग गर्छ । माकुराको स्पर्श क्षमता यति शक्तिशाली हुन्छ, यसले सजिलैसँग टाँसिने र नटाँसिने धागो चिन्न सक्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 283

प्रतिक्रिया (०)

सम्बन्धित खबर