Aamsanchar

पक्की पुल निर्माण हुने भएपछि स्थानीयवासीमा खुशी पलायो, पुल निर्माण सँगै सदरमुकाम जाने बाटो छोटो भयो

Author Image
मङ्गलवार, कार्तिक २५, २०७७

 

ज्यमिरगढी।  झापाको मेचीनगर—७ मा रहेको पालिया नदीमा पक्की पुल बन्ने भएसँगै स्थानीयवासी हर्षित बनेका छन् । पुल बनेसँगै सदरमुकाम जाने बाटो समेत छोटो हुने उनीहरुको भनाई छ ।

निन्दाखोलामा पक्की पुल नबन्दा मेचीनगर—७ स्थित सतिघट्टाका अधिकाँश वासीन्दा जोखिम मोलेरै काठेपुलबाट आवातजावत गर्न बाँध्य थिए । त्यसमा पनि नजीकै रहेको अरनिको आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको पीडा त खपिनसक्नुको थियो । वर्खाशुरुभएसँगै अधिकाँश विद्यार्थीहरु स्कुलै जादैन थिए । केही विद्यार्थी भने जोखिम मोलेरै विद्यालय आउजाउ गर्दथे । विद्यार्थीहरुमात्र होईन सर्वसाधारणसमेत अहिले निन्दा खोलामा पुल निर्माण कार्य शुरुभएपछि खुशी छन् ।

पुल समयमै नबनेका कारण सर्वसाधारणले निक्कै सास्ती व्यहोर्नुपरेको नेपाली काँग्रेसका स्थानीय नेता युद्घराज ओलीको भनाई छ । पालिया खोलामा पक्की पुल नभएका कारण एउटा काठे पुलको भरमा मानिसहरु हिड्ने गरेका थिए । काठे पुललाई समेत बाढीका कारण पालिया नदीले क्षति पुर्याउँदा समयमै मर्मत तथा सम्भार नहुँदा सर्वसाधारणले निक्कै ठूलो सास्ती व्यहोर्नुपरेको ओलीको भनाई छ ।

१ नम्बर प्रदेश सरकारको ३ करोड ८४ लाख १४ हजार ३ सय ८७ रुपैयाँमा पुल ठेक्का लागेको हो । उक्त पुल निर्माणका लागि निर्माण कम्पनि जिम्मा हिम्टुङ एण्ड थोकर सरोज जेभी निर्माण सेवासँग २०७७ साल बैशाख २४ गते निर्माण सम्झौता भएको थियो । सम्झौता पत्रमा २०७८ साल असार २० गते निर्माण कार्य सम्पन्न हुने उल्लेख छ । अहिले पुलको निर्माण कार्य धमाधम भइरहेको र एकसाइडको पाइरिङको काम सम्पन्न भइसकेको तथा पुल निर्माणले आफूहरुले निक्कै ठूलो राहतमिलेकोनेकपाका युवा नेता चन्द्रप्रसाद प्रसाईले जानकारी दिनुभयो ।

पक्की पुल निर्माण भएपछि मेचीनगर —७ स्थित सत्तिघट्टा–गोमनसरी–इटाभट्टालाई जोड्ने छ । झापाको मेचीनगरहुदैँ सदरमुकाम सम्म जोडने यो पुलको निर्माणपछि सञ्चालनमा आएलगत्तै मेचीनगर र चन्द्रगडी विमास्थलको दुरी १४ किलो मिटरमात्र हुने मेचीनगर नगरपालिका वडानम्बर ७ का वडा सदस्य रुपा गुरुङ्गको भनाई छ । सिगंल स्पाम रहने उक्त पुलको लम्बाई पिल्लरदेखि पिल्लरसम्म २५ मिटरको हुने र एलआरवीएसयुको प्राविधिक सहयोगमा पुर्वाधार विकास कार्यालय भद्रपुर झापाले यसको अनुगमन र रेखदेख गर्दै आएको छ ।

कार्यालयका अनुसारे ८२ फिट लम्बाई र २८ फिट चौडाई पुलको कज्वे चौडाई २० फिट तथा दुबै तर्फ ४ ÷४ फिट लम्बाईको पैदल यात्री हिड्ने संरचना निर्माण गरिने छ । १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीको पहलमा उक्त पुलको निर्माण कार्य शुरु भएको स्थानीयवासीको भनाई छ । मैनालीले झापा निर्वाचन क्षेत्र नं १ क को योजना छनौट अन्तर्गत प्रदेश सरकारको बजेट छनौटमा योजना पार्न सफल भएको स्थानीयको भनाई छ ।

वर्षैदेखि पुलको समस्या व्यहोर्न बाँध्य स्थानीयवासीले पुलको निर्माणसँगै राहतको अनुभव गर्ने प्रदेश सभा सदस्य मैनालीले बताउनुभयो । लामो समयको प्रतिक्षा पछि स्थानीयले विकास योजनाको प्रत्यक्ष लाभ लिन पाएको विश्वास व्यक्त गदैं प्रदेशसभा सदस्य मैनाली निर्धारित समयमै निर्माण कार्य सम्पन्न हुने भन्दैं यस कार्यमा सवैलाई सहयोगी र समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ ।

त्यही पुलबाटै अरनिको आधारभूत विद्यालयमा विद्यार्थी पुग्ने गरेका भएपनि बर्खामा भने विद्यार्थीहरु पढ्न आउनै छाड्ने गरेको विद्यालयका प्रधानाध्यापक अग्निप्रसाद घिमिरेले बताउनुभयो ।

‘हामीले जनप्रतिनिधिहरुलाई यो पुलको अवस्थाका बारेमा स्थलगत अवलोन गराएका थियौ’ प्रधानाध्यापक घिमिरेले भन्नुभयो— उहाँहरुले चाडै बनाउँने आश्वसन दिनुभएको थियो ढिलो छिटो बन्ने भयो हामी औधि खुशी छौ ।’

लामो समयको प्रतिक्षापछि पालिया खोलामा पक्की पुल त बन्ने भयो । तर थुप्रै यस्ता आयोजनाहरु बर्षौंदेखि अलपत्र परेका पनि छ । हामी चाहान्छौ यो योजना बीचमै अलपत्र नपरोस र अब सवै विद्यार्थीहरुले बर्खाका समयमा समेत विद्यालय जान सकुन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 304

प्रतिक्रिया (०)

सम्बन्धित खबर