Aamsanchar

एनडीए गठबन्धनलाई बिहारमा बहुमत, राजद पहिलो र भाजपा दोस्रो ठूलो पार्टी बने

Author Image
बुधवार, कार्तिक २६, २०७७

बिहार विधानसभा निर्वाचनबाट एनडीएलाई फेरि एक कार्यकाल सरकार बनाउने जनादेश प्राप्त भएको छ । बिहार राज्यको २४३ सदस्यीय विधानसभामा सरकार बनाउनका लागि कम्तीमा १२२ सिट चाहिन्छ र एनडीएले १२५ सिट जितेको छ । एनडीएलाई टक्कर दिएको महागठबन्धनले ११० सिट जितेको छ ।

महागठबन्धनको नेतृत्व गरेको राष्ट्रिय जनता दल (राजद) ७५ सिटमा विजयी हुँदै बिहारको सबैभन्दा ठूलो पार्टी बनेको छ । एनडीए गठबन्धनमा आबद्ध भारतीय जनता पार्टी ९भाजपा०ले ७४ सिट जितेको छ । सन् २०१५ मा राजदले ८० र भाजपाले ५३ सिट जितेका थिए । यस चुनावमा मुख्यमन्त्री नितिश कुमारको पार्टी जनता दल युनाइटेड ९जदयु०को प्रदर्शन धेरै उत्साहित हुने खालको रहेन । सन् २०१५ मा ७१ सिट जितेको जदयुले यस पटक भने ४३ सिटमा मात्र चित्त बुझाएको छ ।

यसैगरी सन् २०१५ मा २७ सिट जितेको कांग्रेसले यस पटक १९ सिट जितेको छ । सांसद असदुद्दीन ओवेसीको पार्टी अल इन्डिया मजलिस–ए–इत्तेहादुल मुस्लिमिनले राम्रो नतिजा हात पार्दै ५ सिट जितेको छ । जदयुको विरोध गर्दै विधानसभा चुनाव एक्लै लडेको चिराग पासवानको लोक जनशक्ति पार्टी (एलजेपी)ले केबल एक सिट जितेको छ । यसैगरी बहुजन समाज पार्टीले एक सिट र एक स्वतन्त्र सांसद विजयी भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर