
झापा । प्रतिवन्धित लागू औषध सहित प्रहरीले गएराति चार जनालाई झापाको बिर्तामोडबाट पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका २ निवासी २५ वर्षीय मोहनकुमार ओली, सोही ठाउँका २४ वर्षीय दयालाल राजवंशी, ३१ वर्षीय संजय कुमार राजवंशी र २० वर्षीय अरुण कुमार राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिर्तामोड नगरपालिका २ फूलवारी टोल स्थित ओलीको घरमा लागू औषधको खरिद बिक्री भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको बताइएको छ । उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध प्लाष्टिकसहित ६ ग्राम ८५० मिलीग्राम ब्राउनसुगर जस्तो देखिने खैरौ पदार्थ बरामद गरिएको छ । बरामद लागुऔषध र उनीहरु चारै जनालाई प्रहरी टोलीले तत्कालै नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


