Aamsanchar

बन्दै गरेको भवन भत्किँदा भारतको राजस्थानमा ८ जना मजदुरको ज्यान गयो

Author Image
बुधवार, कार्तिक २६, २०७७

एजेन्सी भारतको राजस्थान, जोधपुरमा बन्दै गरेको भवन भत्किँदा ८ जना मजदुरको ज्यान गएको छ । केही मजदुर घाइते भएका छन् । भवनभित्र २० जना मजदुर च्यापिएका हुनसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अहिले उद्धारको काम चलिरहेको छ ।

राजस्थानका मुख्यमन्त्री अशोक गृहलोतले ज्यान गुमाउनेको परिवारलाई २/२ लाख र घाइतेको उपचारका लागि ४०/४० हजार दिने घोषणा गर्नुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 213

प्रतिक्रिया (०)

सम्बन्धित खबर