Aamsanchar

डुंगा दुर्घटना हुँदा युुरोप छिर्न खोज्ने कम्तिमा ७४ जना आप्रवासीको मृत्यु

Author Image
शुक्रवार, कार्तिक २८, २०७७

एजेन्सी । लिबियाको समूून्द्री किनार नजिकै बिहीबार डुंगा दुर्घटना हुँदा कम्तिमा ७४ जना आप्रवासीको मृत्यु भएको संयुक्त राष्ट्रसंघ आप्रवासन एजेन्सीले जनाएको छ । यी आप्रवासीहरु युुरोप छिर्ने प्रयासमा थिए । महिला र बालबालिकासहित १ सय २० भन्दा धेरै आप्रवासी चढेको डुुंगा लिबियाको अल खुम्स बन्दरगाहबाट नजिक समून्द्रमा डुबेको हो । इन्टरनेशनल अर्गनाइजेशन फर माइग्रेसन(आईओएम)का अनुसार केवल ४७ जनालाई उद्धार गरिएको छ । माझी र लिबियाली समून्द्री रक्षकहरुले उनीहरुको उद्दार गरेका थिए,अहिलेसम्म ३१ जनाको शव भेटिएको छ भने बाँकीको खोजी जारी छ । गत महिनायता सेन्ट्रल मेडिटेरानियन समून्द्रमा कम्तिमा आठवटा डुंगा पल्टिसकेको छ । आप्रवासीहरुको उद्धारमा सक्रिय गैर नाफामुलक संस्था ओपन आम्र्सले यसलाई ‘असह्य’ खबर भनेको छ ।

पछिल्लो समय लिबियाको किनार हुँदै ठूलो संख्यामा मानिसहरु युरोप छिर्न खोजेको विषयमा जानकार रहेको आईओएमले जनाएको छ, आईओएमका अनुसार इटलीमा अक्टुुबरको सुरुवातयता ७ सय ८० जना भित्रिसकेका छन् । ११ हजारभन्दा धेरै आप्रवासीहरुलाई पक्राउ गरेर लिबिया फर्काइएको थियो । त्यहाँ उनीहरुले मानवअधिकार हनन् र हिरासतमा बस्नुपर्ने जोखिम रहेको आईओएमको विज्ञप्तिमा उल्लेख छ । सन् २०११ मा तानाशाह मोअम्मर गद्दाफी सत्ताच्युत भएयता युद्धग्रस्त लिबिया अफ्रिका र मध्यपूर्वबाट युरोप छिर्ने आप्रवासीका लागि ठूलो ट्रान्सिट प्वाईन्ट बनेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 489

प्रतिक्रिया (०)

सम्बन्धित खबर