
फायल फोटो

काठमाडौँ । देशका सबै प्रदेशहरुमा मौसममा परिवर्तन आएको छ । तराईका जिल्लाहरुमा विहान वेलुका निकै चिसो बढेको भने आजबाट विषेश गरि कर्णाली र सुदूरपश्चिम प्रदेशमामा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसबाहेकका मुलुकका बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन्।

आइतबार राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ।


सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।
साथै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
अहिले बिहान देशको कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको देखिएको महाशाखाले जनाएको छ।

