Aamsanchar

मास्क नलगाउनेलाई दुई हजार भारु जरिबाना

Author Image
बिहिवार, मंसिर ४, २०७७

काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भारतको दिल्लीमा स्वास्थ्य सुरक्षाका मापदण्ड  पालनामा कडाइ गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मास्क नलगाउनेलाई अब दुई हजार भारु जरिबाना तिराइने बताएका छन् । यसअघि मास्क नलगाउनेलाई ५ सय भारु जरिबाना थियो । मुख्यमन्त्री केजरीवालले अनिवार्य मास्क लगाउन सरकारले गरेको आग्रह अटेर गर्नेलाई जरिबाना तिराइने बताएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यस्तै केजरीवालले छठ पर्वमा एकै ठाउँमा भेला भएर पूजा गर्दा कोरोना भाइरसको सङ्क्रमण थप फैलने जोखिम भएको भन्दै त्यसो नगर्न पनि आग्रह गरेका छन् । उनले भनेका छन्, ‘यदि तपाईँहरू एकसाथ पानीमा छठ पूजा गर्नुहुन्छ भने यसले उच्च मात्रामा नागरिकमा कोरोना फैलन सक्छ ।’

दिल्लीमा सङ्क्रमण बढेसँगै अस्पतालमा शय्या नपाउने समस्या बढ्दै गएको छ ।  दिल्लीमा अहिले झण्डै सात हजार शय्या उपलब्ध छ । यस बाहेक झण्डै साढे चार सय आईसीयू पनि उपलब्ध रहेको त्यहाँको सरकारले जनाएको छ ।

मुख्यमन्त्री केजरीवालले दिल्लीका निजी अस्पतालका ८० प्रतिशत आईसीयू अब कोरोनाका लागि छुट्याइने पनि बताएका छन् । यस्तै उनले बिरामीको उपचारमा खटिने डाक्टर तथा स्वास्थ्यकर्मीको प्रशंसा गरेका छन् ।  

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर