Aamsanchar

जाडो मौसममा यस कारण कोदो खान आवश्यक छ

Author Image
शुक्रवार, मंसिर ५, २०७७

काठमाडौं । फाईदा भन्दा स्वादको आधारमा आजभोली खानेकुरा छान्ने चलन छ । बाल बच्चा, यूवा देखि प्राय सबै उमेरकाले स्वादलाई महत्व दिईरहेको पाईन्छ । तर पहाडी क्षेत्र र तराईमा बस्ने बुर्जुक नेपाली समाजमा कोदोको परिकारलाई महत्वपुर्ण परिकार मानिन्छ । पहिले पहिले कोदोको रोटी र ढिडो नखाने नेपाली कमै होलान् । जाडो मौसममा कोदोको परिकार खानु निकै राम्रो हुन्छ । खाँदा मिठो हुने कोदोमा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायतका पोषक तत्त्व पाइन्छ ।

यसको सेबनले शरिरमा उर्जा दिन्छ । यसको ढिडो खाएमा लामो समयसम्म भोक लाग्दैन । कोदोको ढिडो सेबन गर्ने गरेमा तौल नियन्त्रण हुन्छ । यसले तौल घटाउन पनि सहयोग गर्छ । पचाउन सजिलो हुने कोदोको ढिडोको सेबनले रक्तचाप नियन्त्रण हुन्छ ।

किनकी यसमा पोटेसियम र म्याग्नेसियम हुन्छ । यसले कब्जियत र ग्यासको समस्या समाधान गर्छ । यसको सेबनले मधुमेहको खतराबाट बच्न सकिन्छ । आमाले कोदोको ढिडो सेबन गरेमा दूध बढ्छ । यसले रगतको कमी हुन दिँदैन । कोदोको ढिडो सेबन गर्नाले मृगौला र कलेजोको रोग लाग्नबाट बच्न सकिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 214

प्रतिक्रिया (०)

सम्बन्धित खबर