Aamsanchar

अत्याधिक हिउ पर्न थाले पछि भेडी बथान बेँसी झार्न थालियो

Author Image
शनिवार, मंसिर ६, २०७७

प्रतिकात्मक फायल तस्वीर गुगलबाट

लमजुङ ।  उच्च हिमाली भेगमा रहेका चरन क्षेत्र पूरै हिँउले ढाक्न थाले पछि चरनका लागि लेकमा लगिएका भेडीगोठ चिसो बढेसँगै बेँसी झार्न थालिएका छन् । चरनका लागि लेकमा लगिएका भेडीगोठ चिसो बढेसँगै बेँसी झार्न थालिएका छन् । गोठालाले आ–आफ्ना भेडाका बथान बेँसी झार्न थालेका हुन् ।

घलेगाउँ, भुजुङ, सिउरुङ, पसगाउँ, सिङ्दी, दूधपोखरी, घनपोखरा, इलमपोखरी, पाचोक, ताघ्रिङ, बन्सार, फलेनी, ढोडेनी र भुलभुलेलगायतका स्थानीयका भेडीगोठ रहेका छन् । उनीहरुले अहिले गाउँबस्ती नजिकै भेडीगोठ ल्याउन थालेका छन् । विशेष गरी गुरुङ समुदायको पुर्खौली पेशाका रुपमा भेडीगोठलाई लिइन्छ । घलेगाउँको भेडीगोठ लेकबाट झरेर गाउँमै आइपुगेको घलेगाउँका केशबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घलेगाउँको दुई भेडीगोठ रहेका छन् । यी भेडीगोठमा एक हजार २०० भन्दा बढी भेडाबाख्रा रहेका छन् । ” हिमालको काखमै रहेको ठूले लेकमा पुगेर केहीहप्ता अघि गाउँ फर्किएको र अब गर्मीयाम शुरु भएपछि सोही स्थानतर्फ लाग्ने उहाँको भनाइ छ ।

त्यस्तै कास्कीको सिमाना डाँडा तिङ्जेमा रहेको पसगाउँको भेडीगोठ यतिबेला केही क्युबे–ल्हेदे आइपुगेको र केही भेडीगोठ गाउँसम्म आएको स्थानीयवासीको भनाइ छ । भुजुङको भेडीगोठ खोला फाल्न्हेसम्म पुग्ने गरेकोमा अहिले क्युबारमा रहेको भेडीगोठालाले जानकारी दिएका छन् । जिल्लाको उत्तरी ताघ्रिङका भेडीगोठ यसअघि थुर्जुलेक पुगेकोमा अहिले ठूलागीमा झरेको छ । जिल्लाको पूर्वी भेगमा पर्ने विगट दूधपोखरी आसपासमा पुगेका भेडीगोठ यतिबेला बेँसी झरिसकेका छन् । यहाँका भेडीगोठ छ महिना लेकमा र छ महिना बेँसीमा रहन्छ । बेँसी झरेको भेडीगोठ गर्मी सिजन शुरु भएपछि मात्रै लेकमा फर्किन्छन् । जिल्लामा घुम्ती भेडीगोठ ९० रहेको र यी भेडीगोठ लेकबाट बेँसी झरिसकेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा रुपेश श्रेष्ठले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 283

प्रतिक्रिया (०)

सम्बन्धित खबर