Aamsanchar

भारत असमका पूर्व मुख्यमन्त्री तरुण गोगोईको स्वास्थ्य अवस्था गम्भीर

Author Image
आइतवार, मंसिर ७, २०७७

फायल फोटो गुगलबाटः पूर्व मुख्यमन्त्री तरुण गोगोई

काठमाडौं । असमको पुर्व मूख्यमन्त्री तरुण गोगोईको स्वास्थ्य अवस्था गम्भीर भएको छ ।

उनको गुवाहाटी मेडिकल कलेज एण्ड अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस विषयमा असमका स्वास्थ्य मन्त्री हेमन्त बिस्वाले जानकारी दिएका हुन् । उनले बताए अनुसार गोगोईको शरीरको केही अंगले काम गर्न छोडेको छ । उनी गत अगष्टमा कोरोना संक्रमणपछि निको भएका थिए ।

८६ वर्षीय गोगोईलाई पिसाबसम्बन्धी समस्या आएपछि २ नोभेम्बरमा गुहावटी मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

उनी ३ पटकसम्म असमका मुख्यमन्त्री रहिसकेका छन्।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर