Aamsanchar

अमेरिकी सेनामा कार्यरत गोरखाका २३ वर्षका एक युवकको कार दुर्घटनामा मृत्यु

Author Image
आइतवार, मंसिर ७, २०७७

काठमाडौं । अमेरिकी सेनामा कार्यरत गोरखाका एक युवकको कार दुर्घटनामा मृत्यु भएको छ । अमेरिकाको ओक्लाहोमा राज्यस्थित नोबल कन्ट्रीमा नेपाली समयअनुसार शनिबार राति कार दुर्घटनामा परी गोरखाको लखन थापा गाउँपालिका–८ छापथोकका २३ वर्षका सुरेश श्रेष्ठको मृत्यु भएको हो । ओक्लाहोमा न्युज फोर अनलाइनका अनुसार दुर्घटनामा परी टाउको र शरीरको भित्री भागमा चोट लागेका उनको अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

समाचारमा उल्लेख गरिएअनुसार उनी चढेको कार अवैध पार्किङ गरिएको मालवाहक ट्रकमा ठोक्किएको थियो । दुर्घटनापछि करिब २५ मिनेट कारभित्रै थुनिएका उनलाई एम्बुलेन्सबाट सेन्ट म्यारिज रिजनल मेडिकल सेन्टरमा लगिएको थियो । करिब ५ वर्षअघि अध्ययन गर्न अमेरिका गएका सुरेश तीन वर्षअघि अमेरिकी सेनामा भर्ती भएका उनका आफन्त राजेश श्रेष्ठले बताए । उनका बाबु, आमा, हजुरआमा, दिदी र भाइ नेपालमा नै छन् । अमेरिकी सेनामा भर्ती भएपछि उनी एक पटक नेपाल आएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 213

प्रतिक्रिया (०)

सम्बन्धित खबर