Aamsanchar

सरकार भन्छ कृषि क्रान्ति, गाउँमा सार्बजनिक पैनी पुरेर बाटो बनाईदै

Author Image
आइतवार, मंसिर ७, २०७७

बिर्तामोड । झापाको विर्तामोड नगरपालिका वडा नम्बर २ मा विकासको नाममा सार्वजनिक पैनी पुरेर बाटो बनाउन थालिए पछि स्थानिय कृषकहरुले चिन्ता व्यक्त गरेका छन् ।

वडा–२ को वडाकार्यलय पश्चिमको बेलखाडी बाँध रहेको छ । उक्त बांध २०१२ साल तिर समाजसेवी शम्भु पोखरेलको अगुवाइमा निर्माण भएको स्थानिय अग्रज जानकारहरु बताउछन् । त्यही बाँधबाट आउने  पैनीबाट साविक चारपाने ५ र ६ मा रहेको सयौं विगाहा जमिन क्षेत्रफल सिँचाइ गर्न प्रयोग गरिदै आएको उक्त पैनी पूर्ण रुपले बन्द हुनेगरि पुर्न थालिए पछि अबको बर्षबाट सिँचाई विना खेती कसरी गर्ने भन्दै स्थानिय कृषकहरुले चिन्ता व्यक्त गरेका छन् । उनिहरुले यसरी पैनी नपुर्न आग्रह गरेका छन् ।

विर्ताबजार–घैलाडुव्वा अन्तर्गतको गोकुल जोशी मार्ग दक्षिण साविक चारपाने ६ खण्ड पुरी बाटो निर्माणको नाममा पैनी मास्न केही व्यक्तिहरू जुटेको देखिएको छ ।

पानीको निकासको व्यवस्थापनको निम्ति सार्वजनिक पैनी, कुलेशाहरु खोजी खोजी संरक्षण गर्नुपर्ने ठाउँमा यसरी पुरानो पैनी पुर्नेकाम भईरहेकोले स्थानिय सरकारले तत्काल यस्तो कार्य गर्न रोक्नु पर्ने स्थानीयले माग राखेका छन् । यसै बिषयमा सम्बन्धित वडाका अध्यक्ष नगेन्द्र संग्रौला सँग आमसंचारले बुझदा आधिकारिक रुपमा वडामा जानकारी नआएको र यदी त्यसो भई रहेको छ भने पानीको निकास बन्द गराएर बाटो बनाउन नपाईने अध्यक्ष संग्रौलाले बताए ।

निहित स्वार्थ र केही व्यक्तिको फाइदाको लागि मात्र यसरी सार्वजनिक संंरचनाहरु मास्ने काम हुदै जानु भनेको भविश्यमा समाजको लागि ठुलो संकट आई पर्नु पनि हो । प्रकृति संग सम्बन्ध गाँसिएको पैनी, कुलेसा यसरी मास्ने काम हुदै जाने हो भने प्रकृतिले पनि आक्रोस पोख्ने प्राय निस्चित हुन्छ । समयमै पछि हुन सक्ने प्राकृतिक संकटबाट बच्न आजैबाट यस्ता पैनी लगायतका सार्वजजिक संरचनाहरुको संरक्षण गर्न स्थानियहरु एकजुट हुन जरुरी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 432

प्रतिक्रिया (०)

सम्बन्धित खबर