Aamsanchar

भारतीय विदेश सचिव हर्षवर्द्धनको नेपाल भ्रमणमा के होला त सीमा विवादका कुरा ?

Author Image
मङ्गलवार, मंसिर ९, २०७७

काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाको नेपाल भ्रमण सीमा विवादभन्दा पनि द्विपक्षीय विकास साझेदारी र कनेक्टिभिटी परियोजनामा केन्द्रित हुने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । भारतका प्रमुख अंग्रेजी दैनिक पत्रिकाहरुले त्यहाँको उच्च सरकारी स्रोतलाई उल्लेख गर्दै एउटै आशयको समाचार आज प्रकाशित गरेका छन् । भारतका उच्च अधिकारीहरुले विदेश सचिवको भ्रमणका क्रममा सीमा विवादबारे खासै कुरा नहुने त्यहाँका सञ्चारमाध्यमलाई बताएका छन् ।

अंग्रेजी दैनिक दि इन्डियन एक्सप्रेसले स्रोतलाई उद्धृत गर्दै भनेको छ– विदेश सचिवको नेपाल भ्रमण सीमा सम्बन्धी परराष्ट्र सचिवस्तरीय वार्ता होइन ।’ यस विषयमा नयाँ दिल्लीले आफ्नो पोजिसन नेपाललाई स्पष्ट पारिसकेको समेत स्रोतलाई उल्लेख गर्दै सो पत्रिकाले लेखेको छ । सो पत्रिकाका अनुसार भारतीय विदेश सचिवको भ्रमण पूर्वाधार र कनेक्टिभिटीमा केन्द्रित हुनेछ । सो पत्रिकाले सीमाका सम्बन्धमा भारतको पोजिसनमा कुनै पनि परिवर्तन नआएको उल्लेख गरेको छ । त्यसैगरी अंग्रेजी दैनिक दि हिन्दुस्तान टाइम्सले भारतीय विदेश सचिवको भ्रमण धेरै विकास साझेदारी र कनेक्टिभिटीमा केन्द्रित हुने र सीमाको विषयमा कम कुरा हुने उल्लेख गरेको छ ।

उच्च सरकारी स्रोतलाई उद्धृत गर्दै सो पत्रिकाले लेखेको छ, ‘विदेश सचिवको भ्रमण सीमा सम्बन्धी विषयमा होइन । प्रधानमन्त्रीसहित नेपाली पक्षले हामीसँग रिचआउट गरिरहेको छ र हामी सम्बन्ध अगाडि बढाउन चाहन्छौं । भ्रमणको उद्देश्य सबै विषयमा वृहत रुपमा समीक्षा गर्नु हो ।’

सो पत्रिकाका अनुसार भारतले कनेक्टिभिटीका विभिन्न परियोजना, जस्तै– रेलवे, वाटरवेज र अन्य परियोजनालाई अगाडि बढाउन चाहिरहेको छ । साथै सो भ्रमणले भारतीय पक्षले सुरक्षा र रणनीतिक विषयहरु पनि उठाउने छ ।

त्यसैगरी अर्काे दैनिक पत्रिका दि हिन्दुले पनि सोही आशयको समाचार प्रकाशित गरेको छ । समाचारमा यो भ्रमण शिष्टाचार भएको र सीमा सम्वन्धी औपचारिक छलफल यो भ्रमणको उद्देश्य नभएको उल्लेख गरेको छ ।

भारतीय विदेश सचिव श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि यही मंसिर ११ गते काठमाडौं आउँदै  छन् । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणामा उनी औपचारिक भ्रमणमा आउन लागेको र यो भ्रमण दुई देशबीचमा उच्चस्तरमा भइरहेको भ्रमणको आदान-प्रदानकै निरन्तरता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर