Aamsanchar

१६ वर्षीया किशोरी टिकटकमा १० करोड फलोअर्स पाउने बनिन् पहिलो व्यक्ति

Author Image
मङ्गलवार, मंसिर ९, २०७७

काठमाण्डौ- एक १६ वर्षीया किशोरी भिडियो सेयरिङ एप टिकटकमा १० करोड फलोअर्स पाउने पहिलो व्यक्ति बनेकी छिन् । टिकटकमा १० करोड फलोअर्स पाउने चार्ली डिमेलियो अमेरिकी नागरिक हुन् । चार्लीले झन्डै डेढ वर्षको अवधिमा नै यो उपलब्धि हासिल गरेकी हुन् । एउटा युट्युब भिडियोमा चार्लीको व्यवहारलाई लिएर विवाद भएको भोलिपल्ट उनले उपलब्धि हासिल गरेकी हुन् । आफ्नो परिवारसँगको रियालिटी सिरिजको पहिलो एपिसोड डिनर विथ द डिमेलियोज्मा उनले खाना तयार बनाउने शेफलाई अभद्र व्यवहार देखाएको उनका फ्यानले दाबी गरेका छन् । त्यसको विरोधमा ६ लाख फ्यानले उनलाई अनफलो नै गरे ।

डिमोलियाले एउटा माफी मागेको भिडियो शेयर गरेपछि अहिले विवाद मत्थर भएको छ र आउँदा दिनमा यस्तो व्यवहार नगर्ने बताएकी छिन् । आफ्नो उपलब्धिलाई लिएर उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छिन्, १० करोड जनाले मलाई सपोर्ट गरिरहेका छन्, पत्याउनै गाह्रो छ । उनले टिकटकमा विशेषगरी बन्द कोठामा नाचेको भिडियो शेयर गर्दै आएकी छिन् । यी १६ वर्षीया किशोरी बहुप्रतिभाशाली छिन्, उनले फिल्मका साथै ठूला मेकअप तथा फेसन ब्राण्डसँग काम गरिसकेकी छिन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 232

प्रतिक्रिया (०)

सम्बन्धित खबर