Aamsanchar

रासायनिक मल ल्याउने ठेक्का पाएको सैलुङ इन्टरप्राइजेज दोस्रो पटक कारबाहीमा

Author Image
मङ्गलवार, मंसिर ९, २०७७

काठमाडौं । रासायनिक मल ल्याउने ठेक्का पाएको सैलुङ इन्टरप्राइजेजलाई कृषि सामाग्री कम्पनी लिमिटेडले दोस्रो पटक कारबाही गरेको छ । ३० हजार मेट्रिक टन युरिया मल ल्याउन ठेक्का लिएको उसले तोकिएको समयमा ल्याउन नसकेपछि ठेक्का सम्झौता रद्ध गरेर धरौटीबापतको पाँच करोड ५६ लाख ४९ हजार रुपैयाँ जफत गरेको कम्पनीले जनाएको छ । सैलुङलाई कालोसूचीमा राख्न प्रक्रिया अघि बढाइएको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले बताए ।

गहुँ र तोरीको लागि चाहिने ३० हजार मेट्रिक टन युरिया मल कात्तिक २४ गतेभित्र ल्याउनुपर्ने भए पनि नसकेपछि ठेक्का सम्झौता रद्ध गरेर धरौटी जफत गरिएको प्रबन्ध सञ्चालक भण्डारीले जानकारी दिए ।

असार र साउन महिनामा  धानमा हाल्ने मल ल्याउन नसकेर सैलुङले यसअघि पनि कारबाही भोगिसकेको छ । कात्तिक २४ गतेसम्म मल ल्याउनेगरी गत असार १८ गते सैलुङसँग कृषि सामग्री  कम्पनीले सम्‍झौता गरेको थियो ।

सैलुङले प्रतिमेट्रिक टन ३११.५० डलरमा मल ल्याउने गरी ठेक्का हात पारेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर