Aamsanchar

सुरक्षाको लागि खतरा रहेको भन्दै भारतमा थप ४३ वटा मोबाइल एपमा प्रतिबन्ध

Author Image
बुधवार, मंसिर १०, २०७७

काठमाण्डाै – भारत सरकारले थप ४३ वटा मोबाइल एपमा प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध लगाइएका एप चिनियाँ कम्पनीका रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । इलेक्ट्रोनिक्स तथा आईटी मन्त्रालयका अनुसार ती एपहरू ’भारतको सम्प्रभुत्ता र सुरक्षाको लागि खतरा’ भएकाले प्रतिबन्धित गरिएको हो । अलिबाबा ग्रुपका अलिबाबा एक्सप्रेस, अलिबाबा सप्लायर्स र अलिबाबा वर्क बेँच जस्ता एप्सको प्रतिबन्ध लगाइएको जनाइएको छ ।

मन्त्रालयले इन्डियन साइबर क्राइम कोर्डिनेशनको रिपोर्टलाई आधार मानेर यी एप्सहरुमा प्रतिबन्ध लगाएको हो । यो भन्दा पहिला पनि भारतले गएको जुन महिनामा ५९ चिनियाँ एप्सको प्रयोगमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि  सेप्टेम्बर महिनामा फेरि पब्जीसहित १ सय १८ चिनियाँ एप्सको प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।

लद्दाख क्षेत्रको गलवान इलाकामा चिनियाँ सैनिकसँगको हिंसात्मक झडपमा २० जना भारतीय सैनिक मारिएपछि चिनियाँ सामान, सफ्टवेयर र एप बहिष्कार गर्नुपर्ने आवाज भारतमा उठेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर