Aamsanchar

अमेरिकी पानीजहाजलाई ध्वस्त पारिदिने रूसको चेतावनी

Author Image
बुधवार, मंसिर १०, २०७७

रूसले आफ्नो समुद्री इलाकामा घुसपैठ गर्ने अमेरिकी पानीजहाजलाई ध्वस्त पारिदिने चेतावनी दिएको छ।  अमेरिकाले युएसएस जोन एस म्याकेन नामक आफ्नो डिस्ट्रोयर (विध्वंसक)  पानीजहाज जापान सागरस्थित आफ्नो समुद्रीक्षेत्रमा उतारेपछि रूसले सो जहाजलाई मंगलबार खेदेको थियो। यो जहाज रूसको समुद्री सीमा पीटर द ग्रेट गल्फ क्षेत्रमा दुई किलोमिटर भित्र छिरेको थियो। 

नष्ट गरिदिने चेतावनी दिएपछि अमेरिकी नौसेनाले सो जहाज रूसी समुद्री क्षेत्रबाट भगाएको खबरहरूमा उल्लेख छ।  तर अमेरिकाले सो क्षेत्रमा आफूले कुनै गल्ती नगरेको र जहाजलाई कतै जान निर्देश नगरिएको दावी गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर