Aamsanchar

भारतले कोभिड–१९ को खोप तयार भएपछि नेपाललाई दिने

Author Image
बिहिवार, मंसिर ११, २०७७

काठमाडौं । भारतले कोभिड–१९ को खोप तयार भएपछि नेपाललाई प्रदान गर्न तयार रहेको बताएको छ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञावलीसँगको भेटपछि भारत विश्वको सबैभन्दा धेरै भ्याक्सीन उत्पादन गर्ने मुलुक भएको समेत बताए । उनले भने, ‘जब भ्याक्सिन तयार हुन्छ, नेपालको आवश्यकता हाम्रो लागि एक प्राथमिकता हुनेछ ।’ उनले कोरोनाको सम्बन्धमा नेपाल र भारतको बीचमा अझ नजिकको सहकार्य गर्नुपर्ने बताए ।

उनले विगतदेखि अहिलेसम्म कोभिड–१९ लाई नियन्त्रण गर्न विभिन्न सहयोग गरेको र नेपालको आवश्यकता अनुसार थप सहयोग गर्न भारत तयार रहेको बताएका थिए । उनले भने, ‘हामीले कोभिडको खोपको सम्बन्धमा अहिलेसम्म भएका प्रगतीहरुको बारेमा छलफल गयौं ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर