Aamsanchar

योगदान राष्ट्रका लागिको पहिलो पुर्ण बैठक कोटिहोममा सम्पन्न

Author Image
शनिवार, मंसिर १३, २०७७

झापा- सामाजिक संस्था योगदान राष्ट्रका लागि झापा शाखाको पहिलो पुर्ण बैठक तथा सदस्यता बितरण कार्यक्रम झापाको कोटिहोममा सम्पन्न भएको छ । संस्थाका जिल्ला संयोजक प्रदिप कुमार संग्रौलाको अध्यक्षता तथा प्रदेश संयोजक चेतना निरौलाको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

मानिस फुर्सद हुदा कुलतमा फस्ने सम्भावना भएकाले ब्यस्त बनाउने सँगै बचेको समयलाइ राष्ट्रको बिकासमा खर्च गराउन समेत यो संस्था गठन गरिएको संयोजक संग्रौलाले बताए । झापाका प्रत्येक स्थानिय तहबाट २/२ जना गरि ३० जना र एक जना संयोजक गरि ३१ सदस्य जिल्ला समितिलाइ पुर्णता दिइएको संयोजक संग्रौलाले बताए । सदस्यहरु मध्ये ६ जनालाइ प्राथमिक उपचार सम्बन्धी काठमान्डौमा हुने तालिममा सहभागी हुन नाम छनौट गरिएको कार्यक्रमको स्वागत संस्थाका उपाध्यक्ष भिम बोहोराले गरेका थिए भने संचालन सचिब सजु बुढाथोकिले गरेकी थिइन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 226

प्रतिक्रिया (०)

सम्बन्धित खबर