Aamsanchar

कञ्चनबारीमा दुर्घटना, स्थानीय एक यूवाको मृत्यु

Author Image
आइतवार, मंसिर १४, २०७७

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ कञ्चनबारीमा हिजो साँझ भएको भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय दिपक बुढाथोकी रहेका छन् ।

झापा जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मोटरसाइकल र जेसीवीबीच एक आपसमा ढक्कर खादा दुर्घटना भएको थियो । दुर्घटनामा ३५ वर्षीय मोटरसाइकल चालक बुढाथोकीको घटनास्थलमै ज्यान गएको स्थानीय प्रत्यक्षदर्शी संचारकर्मी कौशल कान्छोले बताएका छन् । तर, प्रहरीले घाइते अवस्थामा उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाएको छ ।

प्र. ०१–०१–० र १२ प ७१५४ नम्बरको मोटरसाइकल र को १ क १८५७ नम्बरको जेसीवीबीच दुर्घटना भएको प्रहरीले जनाएको छ । जेसीवी चालक अर्जुनधारा ९ का सुदीप खनाल प्रहरीको सम्पर्कमा आएको र दुबैवटा सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रकाश जवेगुले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)