Aamsanchar

भद्रपुर र हल्दिबारीबाट लागूऔषध सहित ६ जना पक्राउ

Author Image
आइतवार, मंसिर १४, २०७७

फोटो : जिल्ला प्रहरी कर्यालय झापा

झापा । झापाको विभिन्न स्थानबाट लागूऔषध सहित ६ जना पक्राउ परेका छन् । बिशेष सुराकीको आरधारमा उनिहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
जिल्लाको विभिन्न पालिकामा लागूऔषध साथमा लिएर हिड्ने क्रममा पक्राउ पर्नेहरुमा झापा भद्रपुर न.पा. ४ बस्ने बर्ष १९ को पुष्कर थापा, बर्ष २१ को राजन माझी, भद्रपुर ५ बस्ने बर्ष २६ को मदन बि.क.र हल्दिबारी गाउँपालिका १ बस्ने बर्ष ३२ को लोकेन्द्र गुँरागाईको साथबाट ७ (सात) ग्राम ब्राउनसुगर सहित प्र.१–००१–०१२प ७१७५ नं.को मोटरसाईकल समेत घट्नास्थलमा बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

मंसिर १४ गते झापा जिल्ला अदालत भद्रपुरबाट म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य अगाडि बढाईएको र त्यसै गरी भद्रपुर–४ स्थित नरसिंह बगानबाट भारतीय नागरिक बिहार गलगलिया–४ बस्ने बर्ष ५९ को ऐजुब महमद अली र सोही ठाउँका बर्ष १९ को महमद जबरको साथबाट ५(पाँच) ग्राम ब्राउनसुगर बरामद गरी लागूऔषध कारोवारमा संलग्नहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीको लागी वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 248

प्रतिक्रिया (०)

सम्बन्धित खबर