Aamsanchar

सुरक्षाको कारण नेकपा सचिवालय बैठक धुम्बाराहीमा नबस्ने

Author Image
मङ्गलवार, मंसिर १६, २०७७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक धुम्बाराहीमा नबस्ने भएको छ । पार्टी महासचिव विष्णुप्रसाद पौडेलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बैठक बस्ने सूचना सचिवालयका नेताहरुलाई पठाएका छन् । महासचिव पौडेलले सुरक्षाका कारण धुम्बाराहीमा बैठक राख्न नसकिने जानकारी दिएको उच्च स्रोतले जनाएको छ ।

गएको मंसिर १३ को सचिवालय बैठकले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्ने तय गरेको थियो । त्यस दिनको बैठक पछि पत्रकारहरुसँग प्रवक्ता नारायणकाजी श्रेष्ठले अर्को बैठक धुम्बाराहीमै बस्ने बताएका थिए । तर, आज विहान महासचिव पौडेलले बैठक बालुवाटारमै बस्ने सूचना पठाएका छन् । महासचिव पौडेलले सुरक्षाको कारण धुम्बाराहीमा बस्न नसकिने भनेपछि नेताहरु बालुुवाटारमै जाने भएका छन् ।

आजको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको डकुमेन्टमाथि छलफल गर्ने तयारी छ ।

Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर