Aamsanchar

जापानमा बस्ने सबैलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क

Author Image
बुधवार, मंसिर १७, २०७७

काठमाण्डौ – जापानले आफ्नो देशमा बस्ने सबैलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेका बेला जापानको संसद्ले एउटा कानुन नै पारित गरेर देशमा रहेका सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो । नयाँ कानुनअनुसार १२ करोड ६० लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाउनका लागि दुवै सदनबाट बजेटसमेत पारित भएको छ । जापानी सरकारले ६ करोड मानिसका लागि औषधि उत्पादक संस्था फाइजरबाट खोप ल्याउने सुनिश्चित गरिसकेको छ भने दुई करोड ५० लाख मानिसका लागि अमेरिकी बायोटेक फर्म मोडेर्नासँग सम्झौता गरेको छ ।

त्यसैगरी बाँकी मानिसलाई पुग्ने गरी एस्ट्राजेनेकाको खोप ल्याउने तयारी भएको अधिकारीहरूले बताएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । तुलनात्मक रूपमा जापानमा कोरोना भाइरसको महामारी कम देखिएको छ । जापानमा कोरोनाका कारण अहिलेसम्म दुई हजार एक सय जनाको ज्यान गएको छ भने एक लाख ५० हजार सङ्क्रमित भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 233

प्रतिक्रिया (०)

सम्बन्धित खबर