Aamsanchar

भारतको आन्ध्र प्रदेशमा पहिचान नखुलेको रोगका कारण बिरामी पर्नेको संख्या बढ्दै,एक हप्तामा १४० जना अस्पताल भर्ना

Author Image
सोमवार, मंसिर २२, २०७७

काठमाण्डौ- भारतको आन्ध्र प्रदेशमा पहिचान नखुलेको रोगका कारण बिरामी पर्नेको संख्या बढ्दै गएको छ । एक हप्तामा त्यहाँ पहिचान नखुलेको रोगका कारण १४० जना अस्पतालमा भर्ना भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म पहिचान नखुलेको रोगका कारण झण्डै ३ सय जना बिरामी परेका छन् ।

बिरामी हुनेमा ४ वर्षका बालबालिका पनि रहेका छन् । यस्ता बिरामीलाई अचानक आँखा पोल्ने र उल्टी हुने जस्ता लक्षण देखिएको एलरु सरकारी अस्पतालका एक जना डाक्टरलाई उदृत गर्दै द इण्डियन एक्सप्रेसले जनाएको छ । अहिलेसम्म अस्पताल भर्ना भएका एक सय २५ जना डिस्चार्ज भएका र अन्यको उपचार भइरहेको खबरमा उल्लेख छ ।

आन्ध्र प्रदेशको गोदावरी जिल्लाका नागरिकमा स्वास्थ्य समस्या देखिएको हो । दूषित खानेपानी र प्रदूषित वातावरणका कारण पनि स्वास्थ्यमा समस्या आएको हुन सक्ने अनुमान गरिएको छ । तर,आन्ध्र प्रदेशका स्वास्थ्यमन्त्री अल्ला काली कृष्ण श्री निवासले बिरामीको रगतको नमुना संकलन गरी परीक्षण गर्दा त्यस्तो केही समस्या नपाएको बताउनु भएको छ ।

उहाँले खानेपानीको नमुना परीक्षणमा कुनै खराबी नपाएको तथा बिरामीको रगतमा पनि कुनै भाइरस नभेटिएको बताउनु भएको हो । सबै बिरामीको कोरोना परीक्षण पनि नेगेटिभ आएकाले रोगको विषयमा अन्यौलता बढेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 243

प्रतिक्रिया (०)

सम्बन्धित खबर