Aamsanchar

पछिल्लो २४ घण्टामा ८२१ कोरोना संक्रमित थपिए, ८४२ संक्रमित निको, १८ जनाको मृत्यु

Author Image
सोमवार, मंसिर २९, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा ८२१ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा ८४२ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ । सक्रिय संक्रमितको संख्या १० हजार ९५५ छ ।

पछिल्लो २४ घण्टामा १८ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ७१६ पुगेको छ । मन्त्रालयका अनुसार १० हजार ९५५ जना आइसोलेसनमा छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म २ लाख ३६ हजार ५७३ संक्रमित निको भइसकेका छन् । तथ्यांक अनुसार कुल १८ लाख ३६ हजार ४६४ पीसीआर परीक्षण गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 206

प्रतिक्रिया (०)