Aamsanchar

झापामा आज २२ जना कोरोना संक्रमित थपिए

Author Image
सोमवार, मंसिर २९, २०७७

झापा- झापामा आज २२ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाका ९ वटा पालिकामा ४ महिला र १८ जना पुरुषसहित २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । दमक नगरपालिकामा १ महिला र ३ पुरुष , मेचीनगर नगरपालिकामा १ जना पुरुष, बिर्तामोड नगरपालिकामा ३ जना पुरुष, भद्रपुर नगरपालिकामा १ महिला र १ जना पुरुष संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

यसैगरी, शिवसताक्षी नगरपालिकामा १ महिला र १ जना पुरुष , कचनकवल गाउँपालिकामा १ जना पुरुष, झापा गाउँपालकामा १ जना पुरुष, कनकाई नगरपालिकामा १ महिला र ६ जना पुरुष र अर्जुनधारा नगरपालिकामा १ जना पुरुष संक्रमित रहेको उनले जानकारी दिए । संक्रमित सबै जना स्थानीय हुन् ।
झापामा हालसम्म ३४ हजार ५४७ स्वाब संकलन गरिएका मध्ये ४ हजार ३३९ जना संक्रमित छन् । जिल्लामा हालसम्म १२३ जनाको मृत्यु भइसकेको छ । आइसोलेसनमा रहेका सकृय संक्रमित ५६२ र होम आइसोलेसनमा ५५६ र हालसम्म निको भएर घर फर्किएका ३ हजार ६५४ जना रहेको चौलागाईले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर