Aamsanchar

संवैधानिक परिषदको बैठक सम्पन्न

Author Image
मङ्गलवार, मंसिर ३०, २०७७

काठमाडौं । संवैधानिक परिषदको बैठक सम्पन्न भएको छ । अध्यादेश जारी गरेपछि बेलुका संवैधानिक परिषदको बैठक बसेको थियो । प्रधानमन्त्री ओली यसअघि सोमबार पनि शीतलनिवास पुगेका थिए । उच्च स्रोतका अनुसार सोमबार ओलीले शीतलनिवासमा दुईघण्टा बिताएका थिए ।

अध्यादेश जारी गरेर बसेको संवैधानिक परिषदको बैठकले कुनै निर्णय भने नगरेको स्रोतले जानकारी दियो । स्रोतका अनुसार बैठकमा नियुक्तिका विषयमा सामान्य छलफल भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर