Aamsanchar

डिशहोममा स्टार नेटवर्कका सबै च्यानल प्रशारण पुनः सुरु

Author Image
बुधवार, पौष १, २०७७

काठमाडौं । सरकारले लागु गरेको अनिवार्य क्लिफिड नीतिका कारण २०७७ कात्तिक ७ गतेदेखि बन्द रहेका स्टार नेटवर्कका सबै च्यानल पुनः सुरु भएका छन् । विदेशी ब्रोडकास्टरहरुले तत्काल विज्ञापनरहित (क्लिन फिड) च्यानलहरु उपलब्ध गराउन नसकेका कारण प्रशारण अवरुद्ध भएका च्यानलहरु पुनः विज्ञापनरहित (क्लिन फिड)प्रशारणमा आएका छन् । स्टार नेटवर्कअन्तर्गतका च्यानलहरु विज्ञापनरहित (क्लिन फिड) सहित प्रशारणमा आएको डिशहोमले जनाएको छ ।

Views: 356

प्रतिक्रिया (०)

सम्बन्धित खबर