Aamsanchar

२४ घण्टामा थप ७८२ जनामा संक्रमण पुष्टि,१ हजार २९ कोरोनामुक्त, १६ को मृत्यु

Author Image
शुक्रवार, पौष ३, २०७७

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा ३०५ महिला र ४७७ जना पुरुष रहेका छन् । यो सँगै नेपालमा २ लाख ५२ हजार ४७४ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म पीसीआर परीक्षणको संख्या १८ लाख ६१ हजार ४३० छ भने २४ घण्टामा ५ हजार ७०६ पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या ९ हजार ३१७ छ । क्वारेन्टाइनमा रहनेको संख्या ४२७ रहेको छ ।

२४ घण्टामा १ हजार २९ कोरोनामुक्त, १६ को मृत्यु

२४ घण्टामा १ हजार २९ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमणबाट मुक्त भइ २ लाख ४१ हजार ३९२ जना घर फर्किसकेका छन् ।

त्यसैगरी २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७६५ पुगेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)